मनमोहन अस्पतालका फार्मेसी प्रमुख स्वर्गीय पोखरेलका आफन्त न्याय माग्दै धर्नामा
Monday Jul 24, 2023
वि.सं.२०८० साउन ८ सोमवार १९:०३
काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जका फार्मेसी प्रमुख स्व. अमृत पोखरेलका आफन्त न्याय माग्दै धर्नामा बसेका छन् ।
गत असार २९ गते विहान अस्पतालमा नै झुण्डिएको अवस्थामा फेला परेका पोखरेलको बारेमा अहिले छानविन जारी छ । पोखरेलले लेखेको सुसाइड नोटमा औषधि खरिदमा भएको अनियमिततामा आफुलाई षडयन्त्रपूर्वक फसाउँन खोजिएको उल्लेख गरेका थिए। त्यस लगत्तै मृतकका आफन्तको जाहेरी परेपछि मृत्युबारे अनुसन्धान गर्न प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
आत्महत्या दुरुत्साहनको कसूरमा परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले सेन्टरका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई प्रहरीको नियन्त्रणमा छन् ।
छानविन जारी रहदा पोखरेलका आफन्तले सोमबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् ।
मृतककी जेठी सासु मञ्जु पराजुली आफ्नो ज्वाई अन्यायमा परेको बताइन् ।
उनले भनिन ‘ उहाँ धेरै नै सालिन व्यक्ति हुनुहुन्थ्यो । कसैले पनि यसरी अन्यायमा पारेर उहाँको भावना संग खेल्न पाउैदन् । यसमा हस्पिटल प्रशासन जिम्मेवार हुनुपर्छ । ’
यस्तै मृतककोे मामा ससुरा घनश्याम बस्यालले प्रशासनिक दबाब सहन नसकेर आत्महत्या गरेको दावी गरेका छन् ।
उनले भने ‘ टिचिङ हस्पिटलको मनमोहन कार्डियो स्टोरमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँलाई दुई महिना सम्मको प्रशासनिक दवाव सहन नसकेर प्रशासनको स्टोर भित्रै आत्महत्या गर्नु भयो । सोही अनुसारको कारवाही हुनुप¥र्यो । पीडितलाई उचित क्षतिपूर्ति दिनुप¥र्यो । ’
धर्नामा बसेकी मृतककी भाउजु रिमा आचार्य पोखरेल छानविन निष्पक्ष होस् भन्ने माग गर्दै आफुहरु धर्नामा बसेको बताइन् ।
उनले भनिन ‘ प्रतिवेदन आएको छ तर के छ भनेर हामीलाई थाहा छैन् ।
हाम्रो पक्षमा छ कि विपक्षमा छ । यसमा निष्पक्ष छानविन हुनुप¥र्यो । त्यो छानविनमा कतै त्रृटि नहोस भनेर हामी यहाँ छौं । जो दोषी छ त्यसलाई कारवाही होस ।
घटना अनुसार फार्मेसीमा औषधि बिक्रीको हिसाबमा भएको गडबडी पछि यो अवस्था उत्पन्न भएको थियो । फार्मेसी पढाइमा गोल्ड मेडलिस्ट पोखरेललाई आत्महत्या जस्तो कठोर कदम चाल्न बाध्य बनाएको भन्दै दोषीलाई हदैसम्मको कारबाहीको माग चर्किएको छ ।
नेपाल फार्मेसी एसोसिएसनले पनि एक विज्ञप्ति निकाल्दै फर्मासिष्ट अमृत पोख्रेललाई आत्महत्या गर्न बाध्य बनाउने दोषीहरुलाई कडा कारबाहीको माग गरेको थियो ।

























