CG Electronics
IME Life
NIMB

एसबी सोल्युसन्स र सिंगापुर स्थित फिनबोट्स डट एआइ बिच सहकार्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

साउन १०, काठमाडौँ । एसबी सोल्युसन्सले सिंगापुर स्थित फिनबोट्स डट एआइसँग सहकार्य गरेको छ । दुई कम्पनी बिच एआइमा आधारित क्रेडिट रिस्क मोडलिंग प्लेटफर्म क्रेडिटएक्स नेपालमा ल्याउनका लागि सहकार्य गरिएको हो ।

यस रणनीतिक साझेदारीले गर्दा नेपालका बैंक तथा अरु वित्तिय संस्थाहरुले एआइको प्रयोग गरिएको उत्कृस्ट डिजिटल जोखिम मोडलिङको अभ्यास प्रयोग गर्न सक्नेछन् । फिनबोट्सको एआइ क्रेडिटएक्सले क्रेडिट स्कोरिंगमा पनि धेरै नै सहयोग गर्ने गर्दछ । क्रेडिट एक्स धेरैले रुचाएका छन्, किनभने यसले एकदमै सही डेटा, छिटो समयमा दिने गर्दछ र उक्त प्रडक्ट तुलनात्मक रुपमा सस्तो पनि रहेको छ ।

फिनबोट्स डट एआइका संस्थापक तथा सिइओ सञ्जय उप्पालका अनुसार एसबी सोलुसनसँग सहकार्य गरेर क्रेडिटएक्सलाई नेपाल ल्याउन पाउँदा कम्पनी एकदमै खुशी रहेको छ । उनले कम्पनीको लक्ष्य एआइमा आधारित क्रेडिट स्कोरिंङ फिचर नेपाली वित्तिय संस्थाहरुलाई दिएर सशक्तिकरण गर्ने रहेको समेत बताए । यस सहकार्यले क्रेडिट अन्डरराइटिंङको प्रक्रियालाई पनि सहज पुर्याउने दुवै कम्पनीको विश्वास छ ।

यस प्रडक्टको प्रयोग मार्फत स्वीकृति दर २० प्रतिशतले र घाटा दर १० प्रतिशतले कम हुने कम्पनीले दाबि गरेको छ । क्रेडिटएक्सले परिचालन दक्षता २० प्रतिशतले वृद्धि र लागत २० प्रतिशतले कम गर्नका लागि पनि मद्दत गर्छ । एसबी सोल्युसन्सका संस्थापक तथा सिइओ सन्जोग मिश्राले क्रेडिटएक्सले एसबी सोल्युसन्सको इनोभेटिम सोल्युसन प्रदान गर्ने लक्ष्यसँग मेल खाने हुँदा सहकार्य प्रति एकदमै हर्षित रहेको जनाएका छन् ।

एसबी सोल्युसन्स र फिनबोट्स डटएआइ दुबै एआइ–संचालित क्रेडिट स्कोरकार्डहरूको सहज एकीकरण सुनिश्चित गर्नका लागि नेपालमा वित्तीय संस्थाहरू, नियामकहरू र उद्योग सरोकारवालाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । जसले, देशमा वित्तीय समावेशीकरण र दिगो आर्थिक वृद्धिलाई अगाडि बढाउँउन मद्दत गर्ने कम्पनिको बुझाइ छ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...