CG Electronics
IME Life
NIMB

बाँकेका तिन जना पत्रकार मोहर्रम तथा कर्बला समितिद्धारा सम्मानित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बाँके । नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले मोहर्रम पर्वका अवसरमा बाँकेका तिन जना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको शुभारम्भ देखि नै मनाईने मोहर्रम पर्वको ८ औँ दिनको अवसरमा आयोजित विशाल कार्यक्रमममा क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको हो ।

बरिष्ट पत्रकार सेराज खान, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष एंव युथ टुडेका सम्पादक आलम खान, रुबरु एफएमका स्टेशन प्रमुख सकिल कादरी र नगरको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाएको भन्दै वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक इन्द्रजीत सुनारलाई सम्मान गरेको संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले बताए ।

मुस्लिम समूदायलाई संचार माध्यबाट सहयोग गरेको र मोहर्रम पर्वमा बिशेष योगदान पु्र्याएको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको संस्थाका महासचिव मोहम्मद हारुन हल्वाईको भनाई थियो ।

इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत ९ स्वर्ग० पु¥याउन गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी कर्रवला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउँदै आएको बताए ।

संरक्षण समितिका अध्यक्ष हल्वाईले भने इराकको राजधानी कर्रवलालाई सम्झीदै ८ औँ दिनमा बाँकेका ३ जना पत्रकार र एक जना सुरक्षाकर्मीलाई सम्मान गरिएको बताए । उनले शान्तिपूर्ण र व्यवस्थित तरिकाले मोहर्रम पर्व मनाउन सबै संग आग्रह गरेका थिए । सम्मान कार्यक्रममा संविधान सभासदस्य अब्दुल हमिद सिद्धिकी, पूर्व लुम्बिनी प्रदेश सभा सदस्य याकुब अन्सारी, वडा नं। ५ का वडा अध्यक्ष सराफत खान, पूर्व वडा नं। ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना, मौलाना मन्सुर आरफी लगायतको सहभागिता रहेको थियो ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...