CG Electronics
IME Life
NIMB

अत्याधुनिक सुविधा सम्पन्न पेट्रोल पम्प सञ्चालनमा आउदै

NIMB
Himalayan Bank


८ जेठ, काठमाडौं-  मुलुकका विभिन्न स्थानमा सुविधा सम्पन्न पेट्रोल पम्प सञ्चालनमा आउने भएका छन् । नेपाल आयल निगमले अत्याधुनिक सुविधासहितका पेट्रोल पम्प सञ्चालन गर्न अनुमति दिएसँगै सरकारी र निजी क्षेत्रले यस्ता पम्प खोल्ने गर्ने तयारी गरेका छन् । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीको छैठौं संशोधन २०७३ मार्फत उपभोक्ताका लागि आवश्यक सम्पूर्ण सुविधासहितको पम्प खोल्न दिने प्रक्रिया अघि बढाएको हो ।

नयाँ मापदण्डअनुसार सञ्चालन हुने पम्पमा बैंकको एटीएम काउन्टर, रिफ्रेसिङ सेन्टरसहित आराम गृह, अपांगमैत्री शौचालय, सपिङ मल, रेस्टुँरा, हरियालीसहित ठूलो पार्किङ, सवारीसाधन मर्मत केन्द्रलगायत सुविधा हुनुपर्नेछ । उपभोक्ताले पैसा बोकेर पम्पमा जानुपर्ने झन्झट हट्नेछ । उपभोक्ताले पम्पमै हुने एटीएम काउन्टरमा एटीएम कार्ड प्रयोग गरी सिधै भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ । उपभोक्ताले खरिद गरेबापत स्वचालित बिलिङ मेसिनबाट बिलसमेत प्राप्त गर्न पाउनेछन् । निगमका प्रवक्ता सीताराम पोखरेलले यो मापदण्डअनुसार हालसम्म ७३ वटा पेट्रोल पम्प सञ्चालन गर्न प्रस्ताव परेको जानकारी दिनुभयो । यसमा सरकारी र अर्धसरकारीतर्फ १७ वटा र निजी क्षेत्रबाट ५६ वटा प्रस्ताव परेको छ ।

पोखरेलका अनुसार सरकारी र अर्धसरकारीतर्फ सबैभन्दा बढी नेसनल ट्रेडिङ लिमिटेडले सातवटा सञ्चालन गर्न अनुमति मागेको छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन र साझा सेवाले चार÷चारवटा पेट्रोल पम्प सञ्चालन गर्न प्रस्ताव गरेका छन् । यस्तै नेपाली सेनाले बुटवलमा एक र पोखरामा एक गरी दुई पम्पका लागि प्रस्ताव गरेको छ ।

नमुना पम्प सञ्चालनका लागि सबैभन्दा बढी मध्यमाञ्चलबाट प्रस्ताव परेका छन् । मध्यमाञ्चलबाट २६ वटा, त्यसपछि पश्चिमाञ्चलबाट १७, पूर्वाञ्चलबाट १३, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलबाट एक÷एकवटा प्रस्ताव परेको छ । निगमका अनुसार नमुना पेट्रोलपम्प सञ्चालनका लागि ६ वटाले इजाजत पत्रसमेत प्राप्त गरिसकेका छन् । पोखरामा विकास आयल स्टोर र सेनाको रिपुमर्दिनी आयल स्टोरले इजाजत प्राप्त गरिसकेको छ । सेनाको रिपुमर्दिनी केही समयपछि सञ्चालनको क्रममा छ । यसैगरी सिरहाको गोलबजारमा गणपति बाबा ट्रेडर्स, सप्तरीमा ओम श्री आयल स्टोर, धनकुटामा महावोधी पेट्रोल पम्प सेन्टर र रूपन्देहीमा मसिना इन्धन सप्लायर्सले इजाजत प्राप्त गरेको हो ।

निगमले यस्तो पम्प सञ्चालनका लागि यही वैशाखमा असार मसान्तसम्मको अवधि दिएर दोस्रोपटक सूचना प्रकाशित गरेको थियो । यसअघि गत २०७३ को पुसमा माघ मसान्तसम्मको अवधि दिएर पहिलो पटक सूचना जारी गरेको थियो । २०६९ देखि पम्प सञ्चालनका लागि आवश्यक अनुमतिपत्रमा रोक लगाइएको थियो । नयाँ मापदण्ड आएसँगै अनुमतिपत्रका लागि बाटो खुलेको हो । नेपालमा हाल परम्परागत प्रकृतिको दुई हजार एक सयको संख्यामा पम्प सञ्चालनमा छ । निगमका अनुसार एउटा पेट्रोल पम्प सञ्चालन गर्न १० करोड रुपैयाँ लाग्छ । यसअनुसार ७३ वटा पम्प निर्माण गर्न निजी र सरकारीतर्फबाट सात अर्ब ७३ करोड रुपैयाँ लगानी हुनेछ ।

यस्तो पम्पको अनुमतिपत्र लिन १० लाख धरौटी र ५० हजार आवेदन शुल्क सञ्चालकले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै यो पम्प निर्माण गर्न पहाड र हिमालमा पाँच रोपनी र तराईमा एक बिघा जग्गा अनिवार्य गरिएको छ । पुरानो पम्पभन्दा पाँच सय मिटर र नमुना पम्पभन्दा तीन किलोमिटरको दुरीमा नमुना पम्प सञ्चालन गर्न पाउने व्यवस्था छ ।
यस्तो हुनेछ पम्पमा सुविधा

पम्पमा कम्तीमा २० वटा सवारीसाधन अटाउने हरियालीसहितको पार्किङ सुविधा हुनेछ । यसैगरी अपांगमैत्री शौचालय ६ वटा र अन्य शौचालय ६ वटा हुनेछ । सवारीसाधन मर्मत सम्भार गर्ने वर्क सप, रेस्टुँरा, रिफ्रेसिङ सेन्टरसहितको आराम गृह, सपिङ मल र एटीएम काउन्टर हुनेछ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...