CG Electronics
IME Life
NIMB

तामाङ घेदुङ र मगर संघ निरन्तर आन्दोलनमा, प्रहरी दमनविरुद्ध प्रदर्शन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल तामाङ घेदुङ र नेपाल मगर संघ सहित विभेदकारी कानून खारेजी राष्ट्रिय अभियानले भगवती पाण्डेलाई कारवाही र शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमन विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौंको बानेश्वरमा विवादास्पद अभिव्यक्ति दिने भगवती पाण्डेलाई कारवाही र शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमन र ज्यादति गरेको भन्दै त्यसकोविरुद्ध विरोध कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा नुवाकोट प्रदेश सांसद राधिका तामाङले आन्दोलनमा प्रहरीले महिलाहरुको संवेदनशील अंगमा प्रहार गरेको भन्दै दोषीलाई कारवाही गर्नु पर्ने माग गरिन् ।

सांसद तामाङले जसको निर्देशनमा भएको भएता पनि निष्पक्ष छानविन गरेर दोषी माथि कारवाही गर्न आफुहरुले गृह मन्त्रीसँग कुरा राखिसकेपनि त्यसकै दबाबको लागि आन्दोलनमा उत्रिएको बताइन् ।

उनले भनिन् ,‘आन्दोलनमा महिलाहरुको संवेदनशील अंगमा प्रहार गर्नुभएको छ, छुनु भएको छ, दमन गर्नुभएको छ यो निन्दनीय छ । जस्को निर्देशनमा भएको भएतापनि उहाँ यसको कारवाहीको भागेदार हुनुपर्छ । निष्पक्ष छानविन गरेर दोषी माथि कारवाही गर्न हामीले गृह मन्त्रीलाई भनिसेका छौं । त्यसकै दबावको लागि विरोध गरेका हौं ।’

उनले उक्त विषय गृह मन्त्रीले दोषीलाई कारबाही नगरे उक्त विषयले संसददेखि सडकसम्म प्राथमिकता पाउँने बताईन् ।
उनले भनिन्,‘्संसदमा पनि विषय उठाउँने छौं । संघिय संसदमा विषयले प्रवेश पाएको छ । यदी गृह मन्त्रीले जुन किसिमको बाँचा गर्नुभएको छ त्यो पूरा नभए संसददेखि सडकमा सम्म यो विषयले प्राथमिकता पाउँछ ।’

यस अघि आजै उनीहरुले गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...