CG Electronics
IME Life
NIMB

मन्त्री मोदीको प्रशंसनीय निर्णय : दुर्गममा कार्यरत कर्मचारीको सुगमका कार्यालयमा सरुवा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीहरुको रोजेअनुसारका सुगम क्षेत्रका कार्यालयमा सरुवा गरेका छन् ।

सरुवाका लागि सोर्सफोर्स लगाउन नसकेकै कारणले दुर्गम क्षेत्रका कार्यालयमा मात्रै रहिरहनुपर्ने बाध्यतामा रहेका कर्मचारीहरुलाई मन्त्री मोदीले उनीहरुले रोजेअनुसारकै सुगम क्षेत्रका कार्यालयमा सरुवा गर्न थालेका हुन् ।

मन्त्री मोदीले दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेका कर्मचारीहरुबाट सुगम क्षेत्रका कार्यालयसहित रोजेर निवेदन दिन ९ दिनको समय दिएर निवेदन मागेका थिए । त्यस्तै सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीबाट पनि दुर्गम क्षेत्रका कार्यालय रोजेर निवेदन माग गरेका थिए ।

सोही निवेदनअनुसार माग भएको कार्यालयमा पहिलो चरणमा नायब सुब्बाहरुको सरुवा भएको छ । दुर्गमका विभिन्न जिल्लामा वर्षौदेखि सेवा प्रवाह गरिरहेका कर्मचारीहरुको उनीहरुले मागे अनुसारका कार्यालयमा सरुवा भएको छ ।

जसअनुसार जिल्ला प्रशासन कार्यालय डोटीमा ५ वर्षदेखि कार्यरत नासु तिलक नेपालीको उनले मागे बमोजिम नै खानेपानी मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै ईलाका प्रशासन कार्यालय पचौडी बैतडीमा ३ वर्षदेखि कार्यरत नासु नन्दराज पन्तको उनले मागेअनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ ।

यसैगरी ईलाका प्रशासन कार्यालय जोगबुढा डडेल्धुरामा ३ वर्षदेखि कार्यरत नासु लाल बहादुर धामीको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, सडक डिभिजन भातकाडा डोटीमा ३ वर्षदेखि कार्यरत नासु सुनिल कुमार रोकायको सहरी विकास मन्त्रालय वा अन्तर्गत्, जिल्ला प्रशासन कार्यालय मनाङमा ३ वर्षदेखि कार्यरत नासु गणेश न्यौपानेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिल्ला निर्वाचन कार्यालय मुगुमा २ वर्षदेखि कार्यरत नासु रत्न बहादुर रावलको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत्को कार्यालयमा मागे अनुसारकै कार्यालयमा सरुवा भएको छ ।

दुर्गम क्षेत्रका विभिन्न कार्यालयमा कार्यरत ४५२ जना कर्मचारीले सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिएका छन् । जसमध्ये उपसचिव २, शाखा अधिकृत १२, नायब सुब्बा ६५, खरिदार ७५ र कम्प्युटर अपरेटर ४९ जना छन् । प्राप्त ४५२ निवेदनमध्ये २१२ जनाको निवेदन मन्त्रालयको कार्यक्षेत्र बाहिरको परेको छ ।

मन्त्रालयले सुगम क्षेत्रका विभिन्न कार्यालयमा वर्षौदेखि जरा गाडेर बसिरहेका कर्मचारीहरुलाई पनि दुर्गम क्षेत्रका स्थानीय तहमा खटाइरहेका छन् । हालसम्म शाखा अधिकृत र उपसचिव गरी ४८ जनालाई दुर्गम क्षेत्रका विभिन्न स्थानीय तहमा खटाइ सकिएको छ ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...