CG Electronics
IME Life
NIMB

शिक्षा क्षेत्रका समस्या समाधानको पहल लिन्छु : महामन्त्री थापा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् ।

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (पेट्सान)ले आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वस्थ्य मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य थापाले संघीय संसदबाट पारित भएको शिक्षा विधेयकमा केही समस्या भए त्यसमा पुर्नविचार गर्न सकिने बताएका हुन् ।

संविधानले शिक्षा र सम्पत्तिको हकलाई सुनिश्चित र सुरक्षित गरेको भन्दै  गुणस्तरीय शिक्षा प्रदानमा पेट्सानको अझ महत्वपूर्ण भूमिका रहने बताए । थापाले संसदमा टेवल हुन लागेको शिक्षा विधेयकमा शैक्षिक गुठीको विषयलाई सम्बोधन गर्न आफुले पहल गर्ने धारणा राखे ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटको सभाहलमा भएको कार्यक्रममा संस्थाका रास्ट्रिय अध्यक्ष रुपक राजवंसीले शिक्षा विधेयकमा रहेका कतिपय प्रावधानहरू अव्यवहारिक रहेको बताए । त्यसलाई संशोधन र सम्बोधन गर्न थापालाई उनले आग्रह गरे ।

कार्यक्रममा पेट्सान वरिष्ठ उपाध्यक्ष जेएस पौडेलले निजी विद्यालय शैक्षिक गुठीमा सहजै रुपान्तरण हुन सक्ने आकर्षक सुविधा केही नभएको धारणा राखे । कर छुटको सुविधा समेत सरकारले खोसेको भन्दै उनले यदि निजी विद्यालयलाई शैक्षिक गुठीमा जान प्रेरित गर्ने हो भने आकर्षक सुविधा दिन आवश्यक हुने उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस महामन्त्री थापाले एसईई २०७९ मा उत्कृष्टता हाँसिल  गर्ने सदस्य विद्यालयका विद्यार्थीका साथै शिक्षक, कर्मचारी तथा वरिष्ठ शिक्षाविद्लाई सम्मान गरेका छन् ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...