CG Electronics
IME Life
NIMB

जनकपुरमा २० लाख भन्दा बढी रकम सहित एक युवक पक्राउ

NIMB
Himalayan Bank

 

 

जनकपुरधाम । जनकपुरधाममा एक भारतीयबाट २० लाख रुपैयाँ बरामद गरिएको छ । जनकपुरधाम–४ स्थित सडकमा चेक जाँच गर्दा भारत विहार राज्यको दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० बर्षीय राजेश साहको संगबाट २० लाख ५० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनी भारतबाट नेपाली रुपैयाँ पैठारी गरी आफ्नो साथमा ल’काई छिपाई ओसार पसार गरी ल्याई रहेको विशेष सूचनाको आधारमा मातहतका प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले चेक जाँच गर्दा सो रकम बरामद गरिएको छ ।

साहमाथि शंका लाग्दा कानूनी रितपूर्वक शरीर तथा बोकेको झोला समेतको खानतलासी गर्दा उनले लगाएको पाईन्टको अगाडीको दाहिने खल्तिबाट ९८०३४५२३५८ नम्वरको सिमकार्ड सहित ओप्पो मोवाइल एक थान र उनले बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम एक हजार दलको नोट १८ सय ५० थान र पाँच सय दलको नोट ४ सय थान गरी कुल २० लाख ५० हजार रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बरामद गरिएको रकम सहित साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीकालागि आजै भन्सार कार्यालय जनकपुरधाम पठाइएको प्रहरी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...