CG Electronics
IME Life
NIMB

विदेशी चलचित्रहरुसँग प्रतिश्पर्धा गर्नु चुनौतीपूर्ण छ : अध्यक्ष केसी

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले विदेशी चलचित्रसंग प्रतिश्पर्धा गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल चलचित्र कलाकार संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भूमिका विषयक अन्तरक्रियामा उनले नेपाली चलचित्रलाई विदेशी चलचित्रले थिचोमिचो गरिरहेको अवस्थामा पनि चलचित्र बनाउने क्रम नरोकिएको भन्दै उनले खुसी व्यक्त गरे ।

उनले भने, ‘चलचित्र गुणस्तर हुन सकेन । हाम्रो चलचित्रलाई अहिले पनि विदेशी चलचित्रले थिचोमिचो गरिरहेका छन् । यस्ता धेरै समस्याहरु हामी वर्षौदेखी झेलीराखेकै छौं । तै पनि हामी अगाडि बढ्र्दै निरन्तर घर खेत राखेर चलचित्र बनाउने क्रममा अगाडि बढीरहेका छौं ।’

 

उनले आफ्नै देशमा धेरै पैसा लगानी गरेर बनाएका विदेशी चलचित्रहरुसँग प्रतिश्पर्धा गर्नु चुनौतीपूर्ण रहेको बताए ।
उनले भने ‘विदेशी चलचित्रहरुसँग हिम्मतनहारी धेरै पैसा खर्च गर्ने चलचित्रहरुको अगाडि हामीले थोरै लगानीमा प्रतिश्पर्धा जारी राखीरहेका छौं । आफ्नै देशमा ठूला ठूला विदेशी चलचित्रहरु प्रतिश्पर्धा सामना गरिरहेका छौं त्यसैले चुनौती धेरै छन् । ’

त्यस्तै नेपाल चलचित्र कलाकार संघका मोहन निरौलाले स्व.कलाकार सारुक ताम्राकारको मृत्यु प्रकरणमा कलाकार संघ संस्थाले केही गरेन भनेर गाली आउँने गरेको भन्दै कलाकार राष्ट्रको पहिचान भएकाले मर्यादीत रुपमा बोल्न आग्रह गरे।

उनले भने, ‘कलाकार संघ संस्थाले काम गरेनन् भन्ने कुरा विभिन्न ठाउँमा सुनिन्छ। आवाज उठिरहेको छ । जस्तो सारुकको निधन प्रकरणलाई लिएर पनि आवाज उठेका छन् । तर हामीले बोल्न मिल्ने जति मात्र बोल्न मिल्छ । र यस बीचमा केहि गाली गलौजका कुराहरुपनि आएका छन् । तर कलाकार राष्ट्रको पहिचान हो कमसेकम बोल्दा मर्यादीत रुपमा बोल्नुपर्छ म अनुरोध गर्दछु । त्यो विषयमा चाँडो अनुसन्धान गर्न आग्रह गर्दछु । ’

उनले देशमा राजनीतिले बाटो नपैल्याएसम्म केहि पनि कुरा पहुँचमा पुग्न नसक्ने तर्क गरे ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...