CG Electronics
IME Life
NIMB

सुशासन तथा सामाजिक न्याय सरकारको मुल मन्त्र : गृहमन्त्री श्रेष्ठ

NIMB
Himalayan Bank

 

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सरकारले सुशासन, तथा सामाजिक न्यायलाई मुल मन्त्र बनाएर काम गरिरहेको दाबी गरेका छन् ।

ज्यापु महागुथिको चौथो राष्ट्रिय एकीकृत महाधिवेशनलाई सम्बोधन गर्दै, उनले राजनीतिक परिवर्तनबाट राजनीतिक अधिकार मात्रै होईन, आवश्यकता अनुसारको परिवर्तन भएको प्रत्यक्ष अनुभूति गर्न पाउँने स्थिति सिर्जना गर्न आवश्यक भएको भन्दै त्यसको लागि समृद्धिको कार्यभारलाई केन्द्रीय कार्यभार बनाएको बताए ।

उनले भने, ‘राजनीतिक परिवर्तनबाट राजनीतिक अधिकार मात्रै होईन, हाम्रो जीवन फरिएको छ, शिक्षा, स्वास्थ, रोजगारी, खाद्यन्न, आवासलगायत आवश्यकता अनुसारको परिवर्तन गरेर यो नयाँ राजनीतिले हाम्रो जीवन परिर्वतन गरेको छ भन्ने कुरा प्रत्यक्ष अनुभूति गर्न पाउँने स्थिति सिर्जना गर्नुपर्छ । त्यसैले आजको केन्द्रीय कार्यभार हामीले समृद्धिको कार्यभार बनाएका छौ । त्यो पूरा गर्न सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई कार्यभारको मूल मन्त्र बनाएको छ । यही आधारमा काम पनि भईरहेको छ ।’

उनले दलाल पुँजीवादको जगजगीका कारण राष्ट्रिय पुँजी कम हुने, उत्पादन बढ्न नसकेको र देश गरिबीतिर गएको भन्दै यसको विरुद्धको संघर्ष सबैभन्दा आवश्यक संघर्ष भएको बताए ।
उनले भने, ‘नेपाल बिग्रिएको किन भने दलाल पुँजीवादको जगजगी भयो पुँजी लगानी, उद्याग धन्दामा लागनी, रोजगारी दिएर विकास गर्नु पनि छैन् ।

आफैले काम गरेर श्रम गरेर पैसा कमाउँनु पनि छैन् । त्यसको सट्टा राज्यमा बसेका मानिसलाई प्रयोग गर्ने, राजनीतिक नेता उच्च पदका व्यक्तिहरुलाई संलग्न गराउँने र पैसा कमाउँने तरिकाले गर्दा राष्ट्रिय पुँजी बढ्न सकेन, उत्पादन बढ्न सकेन् देश गरिबीतिर गईरहेको छ । यसको विरुद्धको संघर्ष सबैभन्दा आवश्यक संघर्ष हो ।’

त्यस्तै उनले नेपालका हरेक परिर्वतनमा आदिवासीको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै ज्यापु समुदायको त्यसमा उल्लेख्य योगदान रहेको बताए ।

‘नेपाल निमार्णमा महत्वपूर्ण भूमिका खेल्ने आदिवासि हो, र यसले संस्कृतिको रक्षामा महत्वपूर्ण भूमिका खेलेको समूह हो ज्यापू जाती ।

आज देशमा प्रधानमन्त्रीले देशको नेतृत्व गर्ने, म उपप्रधान एंव गृहमन्त्री हुने देश बहुदलिय प्रतिस्पर्धामा अगाढि बढ्ने, संघीयता समावेशिकरणसहितको लोकतन्त्र स्थापित हुने र त्यसलाई संविधानमा संस्थागत गरेर अगाडि बढ्ने जुन परिवर्तन भएको छ ।’

उनले भने ‘त्यसमा नेपालका सबै जनसमूदायले उल्लेखनीय भूमिका खेलेको छ । तर त्यसमा ज्यापु समूदायको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको कुरा न्यून मूल्यांकन गर्न मिल्दैँन् । ज्यापु समूदायको भूमिका विना अहिलेको परिवर्तन सम्भव थिएन् । ’

 

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...