CG Electronics
IME Life
NIMB

नेपाललाई आइटी हबको रुपमा विकास गरौँ :अर्थमन्त्री महत

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले नीति क्षेत्र र सरकार सबै मिलेर नेपाललाई आइटी हबको रुपमा विकास गर्नु पर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आईटी कम्पनीले नेपालमा सेन्टर खोल्ने परिस्थिति भयो भने नेपाललाई आईटी हबको रुपमा विकास गर्न सक्ने भन्दै त्यसको लागि निजी क्षेत्र र सरकार सबै मिलेर अगाडि बढ्नु पर्ने बताए ।

उनले भने, ‘आईटी कम्पनीले यहाँ एउटा सेन्टर खोल्ने परिस्थिति आयो भने त्यसको आधारमा नेपाल आईटी हबको रुपमा विकसित हुनसक्छ यसमा हामीले काम गर्नु पर्छ । निजी क्षेत्र र सरकार सबै मिलेर कसरी नेपाललाई आइटी हबको रुपमा विकास गर्ने तिर हामी लागौँ ।’

उनले नेपालमा बस्न मिल्ने अवस्था नै छैन् भन्ने सोचलाई परिवर्तन गरेर युवाहरुलाई मौकाहरु छ भनेर रोक्ने किसिमको बहस नेपालमा आवश्यक भएको बताए ।

यस्तै, मन्त्री महतले आर्थिक रुपान्तरणको खम्बा पर्यटन, हाईड्रोपावर, कृषि र आइटी भएको भन्दै त्यसलाई विकास गरेर नेपालको आर्थिक विकास गर्नु आजको आवश्यकता भएको बताए ।

उनले भने, ‘आर्थिक रुपान्तरणको खम्बा एउटा पर्यटन क्षेत्र, दोस्रो हाम्रो हाईड्रोपावर छ, नेपालीहरु हिजो आधा मेघावाटबाट सुरु गरेको अहिले २०० सम्मको छ । यसको साथै भारतसँग भएको सम्झौताले यसको बजार सुनिश्चित गरेको छ ।

स्वदेशी छरिएको पुँजी रेमिट्यान्सबाट आएको रकमलाई पनि यसमा जोड्न आवश्यक छ । छरिएर रहको पुँजीलाई ठोस लगानीमा ल्याउँन सकिन्छ । नयाँ टेक्नोलोजीहरुलाई प्रयोग गरेर हामीसँग भएको सानो सानो जमिनलाई सेयर र रिटन सुनिश्चित हुनेगरी ठूलो मात्रामा लिजमा दिएर विदेशी र नेपालीलाई आकर्षित गर्न सकिन्छ ।’

उनले देशमा परिवर्तन भएको छ तर त्यो काफी नभएको भन्दै परिणाम नै देखिने गरी काम गर्न जरुरी भएको बताएका छन् ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...