CG Electronics
IME Life
Ncell NPL

‘सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन २०८०’ आयोजना हुँदै

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासंघले ‘सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन २०८०’ को आयोजना गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै महासंघले ‘सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन २०८०’ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीद बागचन्दले नेपालको संविधानको धारा २७ सूचनाको हक सम्बन्धी ऐन २०६४, नियमावली २०६५ कार्यविधि एवं निर्देशिका समेत स्थापित हुँदा पनि तीनै तहको सरकारले यो विषयलाई आफ्नो बजेट नीति तथा कार्यक्रममा प्राथमिकतामा नपारिएको बताए ।

उनले सूचनाको हकका लागि राष्ट्रिय महासंघले सूचनाको हकको अभियानलाई तल्लो तहसम्म पु¥याउन र देशभर यसको महत्व र आवश्यकता महसुस गराई आमजनताले समेत सूचना माग्ने वातावरण बनाउन सम्मलेन गर्न लागेको बताए ।

महासंघले आयोजना गर्न लागेको यो पहिलो राष्ट्रिय सम्मेलन २०८० ले सूचनाको हकको क्षेत्रमा कृयाशिल ७७ वटै जिल्लाका अभियानकर्मीहरूलाई हौशला प्रदान गर्ने र यो अभियानले अझै उचाई लिने विश्वास लिएको उनको भनाइ छ ।

यो सम्मेलन असोज १ गतेदेखि हुँदैछ । पहिलो दिन सम्मेलनका क्रममा तीन फरकफरक विषयमा प्यानल छलफल आयोजना गरिँदै छ ।

दोस्रो दिन महासंघले आफ्ना नीति, रणनीति विधानमा रहेका व्यवस्थाहरूलाई वृहत रुपमा छलफल गरी रणनीतिक योजना बनाउने छ भने ७७ जिल्ला र प्रदेशबाट आएका प्रतिनिधिको सहभागिता रहेको बन्दसत्रले महासंघको केन्द्रिय समितिलाई पूर्णता दिनेछ ।
००००

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...