CG Electronics
IME Life
Ncell NPL

आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा (अन्तरवार्ता)

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । मार्गकृष्णपक्षको चतुर्दशी तिथिलाई लोकोक्तिमा बालाचतुर्दशी भनिन्छ । दिवंगत पितृहरूको उत्तम गति प्राप्त होस् भन्ने उद्देश्यका साथ त्रयोदशीका दिन सायंकालीन समयमा महादीप दान गरिन्छ ।

आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँदैछन् । आज आ–आफ्ने घर नजिकैको शिवालयमा त्रयोदशीको शतबीज छर्नेको घूइँचो लागेको छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा बालाचतुर्दशीसँग जोडिएको कथा र यसको महत्वबारे शास्त्री टेकराज ढुंगेलको भनाई उनकै शब्दमा :

बालाचतुदर्शी शिवजीले कैलाशबाट पार्वतीले चिन्छिन् कि चिन्दिनन् भनेर परीक्षा लिरहनुहुन्थ्यो । निक्लिनु भएछ । अहिलेको स्लेश्मान्तक बन (मृगस्थली) त्यहाँ आएर सयौं मृगहरुको रुपमा उहाँले पनि मृगको रुप धारण गरेर बस्नुभएछ ।

पार्वतीले दिव्य दृष्टिले हेर्दाखेरी मृगहरुको बीचमा हुनुहुन्छ । र चिनिदैनन् । अब के गर्ने त उपाय भन्दाखेरी अब हरिणलाई चाँही अंकुरो (हरियो प्रकारको घाँस) मा रमाउने गर्छ अथवा त्यो प्रति आकर्षित हुन्छ ।

त्यसै कारणले सतबीच ल्याएर त्यहाँ छर्नुभएछ । छर्दाखेरि त्यो अंकुरित भयो । पछि सबै मृगहरु त्यो खानलाई आए तर एउटा मृग आएन । उहाँ शिवजी हुनुहुन्थ्यो ।

त्यसरी पत्ता लगाएको एउटा किन्वदन्ती चाँही यहाँ आउँछ त्यसकारण यो पितृको नाममा जुन दिन उहाँले छर्नु भएको थियो त्यो दिन चर्तुदशी अर्थात् मार्ग कृष्णपक्षको चतुर्दशी तिथिमा परेको कारणले यसलाई बालाचतुर्दशी भनिएको हो ।

अर्को करो के छ भन्दाखेरि सम्पूर्ण ज्ञात अज्ञात पितृहरु, कति कालगतिले जानु भएको होला, कसैको अकालले मृत्यु भयो होला । उहाँहरुको सम्झनामा जस्तै हेमन्त ऋतु, मार्ग महिनाको कृष्णपक्षको आज चतुर्दशी तिथि । आज शिवालयहरुमा दीप तथा महादीपहरु बालेर जाग्राम बस्ने गरिन्छ । जाग्राम बस्दा गीत तथा भजनहरु गाउने पनि गरिन्छ ।

यस्तो प्रचलन किन चलेको हो भन्दाखेरी त्रयोदशीका दिन दीप प्रज्वलन हुँदा स्वर्गलोकमा पनि झलमल्ल हुन्छ भन्ने शास्त्रीय मान्यता छ । त्यसैले शिवालयमा पितृहरु नहुने गएर दीप प्रज्वलन गर्ने प्रचलन छ भने दोस्रो दिन चतुदर्शीका दिन शत्बिज ( धान, गौँ, जौ, चना, तिल..आदी) छर्ने प्रचलन छ ।

यो पितृहरुको उद्धार तथा पितृ कल्याणका लागि गरिने कार्य भएकाले शत्बीज छर्नेले स्वर्णदान गरे बराबरको फल प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

 

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार...

वि.सं.२०८३ वैशाख २६ शनिवार १५:०५

  काठमाडौं । स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ :...

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:३०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा...

सागर ढकाल दोस्रो उच्च मतसहित कार्यकारिणी समिति सदस्यमा निर्वाचित

सागर ढकाल दोस्रो उच्च मतसहित कार्यकारिणी समिति...

वि.सं.२०८३ वैशाख २३ बुधवार १३:३४

  काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को हालै...

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टी द्वारा सरकारको विरोध

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टी द्वारा...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१५

काठमाडौं । श्रम संस्कृति पार्टीले सरकारको हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै...