CG Electronics
IME Life
NIMB

‘आवश्यक नीति नबन्दा फर्निचर तथा फर्निसिङ व्यवसाय धरासायी’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । फर्निचर तथा फर्निसिङ व्यवसायमा आवद्ध व्यवसायीहरुले यस क्षेत्रलाई धरासायी हुनबाट जोगाउन सरकारलाई आग्रह गरेका छन् ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको २४औं वार्षिक साधारण सभाका सहभागीहरुले काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा फर्निचर तथा फर्निसिङ व्यवसाय धरासायी अवस्थामा पुगेको बताएका हुन् ।

संघका अध्यक्ष दिनेश अग्रवालले फर्निचर निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ–काठ तथा काठ जन्य वस्तु कुहिएर खेर गइरहेको अवस्थामा समेत सरकारले चासो नदिएको गुनासो गरे ।

काठजन्य वस्तुको लिलामी प्रकृयामा फर्निचर तथा फर्निसिङ व्यवसायीलाई सहभागी हुने किसिमको नीति निर्माण गर्न सरकारसमक्ष उनले आग्रह गरे । व्यवसायीका समस्या समाधान गर्न सरकारलाई पटकपटक आह्वान गर्दा समेत सरकारले नीति निर्माणमा ध्यान नदिएको अग्रवालको भनाई छ ।

प्लास्टिक, फर्निचर, कार्पेट, फ्लोरिङका सामग्री उत्पादनमा नेपाल आत्मनिर्भर हुने चरणमा पुगे पनि काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा र व्यवसायीलाई काठ लिलामीमा सहभागी नगराउँदा आयातित कच्चा पदार्थमा निर्भर हुनु पर्ने बाध्यता रहेको अध्यक्ष अग्रवालले बताए ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसाय मूलतः काठमा आधारित व्यवसाय रहेका कारण काठको सहज पहुँचको सुविधा मिलाउन सरकारलाई आग्रह गरे ।

काठबाट निर्मित फर्निचरका लागि नेपालमै कच्चापदार्थ उपलब्ध भए पनि आवश्यक नीतिको अभावमा मुलुक अन्य देशमा भर पर्ने अवस्था बनेको बताउँदै उनले व्यवसायीहरुलाई उत्पादनको स्तर गुणस्तरीय बनाउन समेत आग्रह गरे ।

स्वदेशी फर्निचरको प्रयोग बढाउने उद्देश्यले उनले हरेक सरकारी कार्यालयमा स्वदेशी फर्निचरको प्रयोग गर्न र स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राख्न समेत अनुरोध गरे । ‘पछिल्लो समयमा व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने क्रम बढेको छ,’ श्रेष्ठले भने ।

यसको समाधानका लागि जिल्लाका फर्निचर तथा फर्निसिङ व्यवसायी संघहरुले समन्वय गर्नुपर्ने उनको भनाई छ । दर्ता नगरी अनलाइनमार्फत हुने व्यापार पछिल्लो समयमा बढ्दै गएको बताएका उनले यसको नियमनका लागि पनि आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले फर्निचर तथा फर्निसिङ व्यवसायीले भोग्दै आएका समस्या समाधानका निमित्त नेपाल चेम्बर अफ कमर्सले सरकारी तथा निजी तबरबाट सहयोग गर्न तयार रहेको बताए ।

नेपालमा आफ्नो उत्पादनको ब्रान्डिङ गर्ने, कम्पनीको लोगो बनाउने कार्य भएको पाइँदैन । जसकारण स्वदेशमै उत्पादित सामग्री समेत भारतबाट आयात भएको हो कि भन्ने किसिमको आशंका बढ्दै गएको सत्यलाई बाहिर ल्याउँदै अध्यक्ष मल्लले फर्निचर तथा फर्निसिङ व्यवसायीहरुलाई ब्रान्डिङ र लोगो निर्माणमा काम गर्न सुझाएका छन् ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउन सुरु गरेका छन् । जुन उद्योगी तथा व्यवसाय सञ्चालनका लागि सहज हुने बताउँदै उनले बैंकबाट कर्जा लिँदा संयुक्त रुपमा लिन समेत सुझाव दिए ।

यसका साथै उनले व्यवसायीहरु समस्यामा पर्नुको कारण उधारो कारोबार बढ्दै जानुलाई इङ्गित गरेका छन् । व्यवसायीहरुलाई डिजिटल रुपमा कारोबार गर्न पनि उनले प्रोत्साहन गरेका छन् ।

यस्तै, काठ लिलामी प्रकृयामा सहभागी हुनका लागि कार्यविधि बनाएर सरकार समक्ष पेश गर्न र सामूहिक दबाब सिर्जना गर्न सुझाव दिएका उनले पछिल्लो समयमा निर्माण क्षेत्र सुस्ताउँदै जाँदा फर्निचर तथा फर्निसिङ उद्योग समेत सुस्ताएको र सबै एकजुट भएर समस्या समाधानमा लाग्नुपर्ने बताए ।

देशको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको र फर्निचर तथा फर्निसिङ व्यवसाय समेत घट्दो क्रममा रहेको व्यवसायीहरुको धारणा छ । करिब १ लाख ५० हजार मानिसहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको र अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने फर्निचर तथा फर्निसिङ क्षेत्रको समग्र विकासका लागि सरकारले नीतिगत सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...