CG Electronics
IME Life
NIMB

पूर्व सुरक्षाकर्मी परिषदकोे प्रवक्तामा लामिछाने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषदको प्रवक्तामा सञ्चारकर्मी मणिराम लामिछाने नियुक्त हुनुभएको छ । गत मंसिर २३ गते बसेको केन्द्रीय परिषदको कार्यसमिति बैठकले लामिछानेलाई प्रवक्तामा चयन गरेको हो ।

बैठक पश्चात परिषदका केन्द्रीय अध्यक्ष के वी राउतले एक बक्तव्य जारी गर्दै भन्नुभएको छ ‘आवश्यकता अनुसार जिम्मेवारी हेरफेर गर्नुपर्र्ने भएको हुँदा परिषदका केन्द्रीय सदस्य श्री हेमशंकर गिरीज्यूले सम्हाल्दै आउनु भएको प्रवक्ताको जिम्मेवारी आजैका मितिबाट सहप्रवक्ता एवं सूचना अधिकारी श्री मणिराम लामिछानेलाई दिइएको छ ।

त्यसैगरी सहप्रवक्ता लामिछानेले सम्हाल्दै आउनु भएको जिम्मेवारी कानुन व्यवसायी एवं केन्द्रीय सदस्य श्री फणिन्द्रराज घिमिरेलाई दिने निर्णय गरिएको छ । परिषदको उत्तरोत्तर प्रगति तथा विकासको लागि उहाँहरुको उल्लेखनीय योगदान रहनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

नव नियुक्त प्रवक्ता लामिछाने विगत दुई वर्षदेखि केन्द्रीय सदस्य, सहप्रवक्ता तथा सूचना अघिकारीको जिम्मेवारीमा हुुनुहुन्छ भने सहप्रवक्ता घिमिरेले केन्द्रीय सदस्य भई पाल्पा जिल्लाको जिम्मेवारीमा हुनुहुन्छ ।

प्रवक्ताको मोवाइल नं. ९८४१२०३३४७ रहेको छ । पूर्व सुरक्षाकर्मी परिषद नेपाल अवकाश प्राप्त सुरक्षाकर्मी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, राष्ट्रिय अनुसन्धन, भारतीय गोर्खा, व्रिटिस सेना, सिंगापुर प्रहरी र तिनका परिवारको हक हितको सम्बर्धन, प्रबर्धनका साथै नेपालको राष्टियता, स्वतन्त्रता तथा स्वाधिनता रक्षार्थ स्थापित विशुद्ध गैर राजनीतिक संस्था हो ।

जिम्मेवारी पाए पश्चात प्रवक्ता लामिछानेले ठूलो संख्याम छरिएर रहेका तालिम प्राप्त, दक्ष तथा अनुशासित सुरक्षाकर्मीलाई एकठ्ठा गर्दै देश र जनताको हितमा उपयोग गर्ने बताउनुभयो । कतिपय पूर्व सुरक्षाकर्मी तथा तिनका परिवार पनि समाजमा पिछ्डिएको र अपहेलनामा परेको हुँदा उनीहरुको हक, अधिकारको लागि निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...