CG Electronics
IME Life
NIMB

कर्मालयको दशौं संस्करण कृषि र खाद्य इन्जिनियरिङमा आधारित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुलर डेभलपमेन्टले आयोजना गर्ने कर्मालयको दशौं संस्करण सुरु भएको छ । इन्जिनियरिङ विधा अन्तरगत विद्यार्थीले हासिल गरेको ज्ञान, सीप र नविनतम सोचहरुलाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कर्मालयको दशौं संस्करणको बिहीबार परिचयात्मक सेसन भएको छ । यो पटकको संस्करणमा ‘कृषि र खाद्यमा इन्जिनियरहरू’ शिर्षक छनौट गरिएको कार्डका सचिब गगन सिंखडाले जानकारी दिए । परिचयात्मक सेसनमा सहभागी ४० विद्यार्थीहरुलाई कार्यक्रमको उद्देश्य, विषय, नियमहरुका बारेमा जानकारी दिइएको थियो ।

चार हप्ता लामो अनुसन्धानमा आधारित ‘कर्मालय’ कार्यशालामा कलेजका विद्यार्थीसँगै बाहिरका विद्यार्थीले पनि आफुले हासिल गरेको ज्ञान र सीपमा आधारित भएर नयाँ सोच तथा योजनाहरु प्रस्तुत गर्नेछन् ।

‘कृषि तथा खाद्य क्षेत्रमा खाद्य सुरक्षा, प्राविधिक विकास र सामुदायिक प्रभाव बढाउनको लागि नयाँ सोच र योजनाहरु तयार गर्न यसपटक हामीले कर्मालयको कार्यक्रम तयार पारेका छौं । कृषि र खाद्यलाई प्राविधिक क्षेत्रसँग जोड्ने टुलहरु प्रतियोगीहरुले प्रस्तुत गर्नुहुनेछ ।’ कार्डका सचिब सिंखडाले भने ।

१० औं कर्मालयमा १० वटा समुहले सहभागीता जनाउने छन् । प्रत्येक समुहमा दुईदेखि पाँच जना विद्यार्थीहरु रहनेछन् । प्रतियोगितामा भाग लिने समुहमा कम्तिमा एक जना नेकको विद्यार्थीको सहभागीता हुनु आवश्यक छ ।

यसपटकको संस्करणलाई भब्य र प्रभावकारी बनाउन राष्ट्रिय आविश्कार केन्द्र र राष्ट्रिय कृषि अनुसन्धान परिषद्सँग सहकार्य गरिने सचिब सिंखडाले बताए । ‘विद्यार्थीहरुले प्रस्तुत गरेको नविनतम सोच र आइडियाहरुमा काम गर्नका लागि ती सोच र आइडियाहरु कसैसँग मेल नखावोस् भनेर राष्ट्रिय आविश्कार केन्द्र र कृषि अनुसन्धान परिषद्सँग सहकार्य गर्ने योजना बनाएका छौं ।’

प्रतियोगिताको फाइनल आगामी पुस मसान्तमा हुनेछ । फाइनलमा १० वटा समुहले आफ्नो प्रस्तुति दिनेछन् । विजयी प्रतियोगितालाई मेडल, प्रमाणपत्र ट्रफीसँगै नगद पुरस्कार दिइनेछ । नवौं संस्करणको विजेता प्याड भेन्डिङ मेसिन रहेको थियो ।

सन् २००८ बाट सुरु भएको कर्मालयलाई नेपाल इन्जिनियरिङ कलेजले सहयोग गर्दै आइरहेको छ । यो पटक क्लबको १५ औं वार्षिकोत्सव समेत रहेकाले भब्यताका साथ कर्मालय सम्पन्न गर्ने क्लबको योजना रहेको छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...