CG Electronics
IME Life
NIMB

दुर्गमका दलित एवं एकल महिलालाई निःशुल्क सोलार प्यानल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

मुगु । खत्याड गाउँपालिकाभरिका एकल महिला र दलित परिवारलाई निःशुल्क रुपमा सोलार प्यानल उपलब्ध गराइएको छ ।

बिद्युतको कुनै पनि प्रसारण लाइनले नछोएको पश्चिम खत्याड गाउँपालिका भरिका ३ सय ३९ जना दलित र ८४ जना एकल महिला गरी ४ सय २३ घरलाई सौर्य पाता सेट बितरण गरिएको हो ।

‘ब्याक टु लाइफ जर्मन’ को आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक मुगु) नामक गैरसरकारी संस्थाको सहजीकरणमा सोलार प्यानल बितरण गरिएको हो ।

एउटाको २५ हजार मूल्य पर्ने जनाइएको सोलार प्यानल सेट सबैको गरी १ करोड ५७ लाख ५ हजारभन्दा बढी रकम परेको हेरेन्डेक मुगुका प्रबन्धक नवराज रावतले बताए ।

बत्ती नहुँदा बालबच्चा पढाउन निकै समस्या पर्ने गरेको साथै सल्लाको दिवाले (झरो) बालेर काम चलाउनुपरेको अवस्थामा अब सोलार उपलब्ध भएपछि धेरै सहज हुने खत्याड गाउँपालिका ९ का जयधर्म लावडले बताए ।

वितरित सोलार प्यानल ५० वाट क्षमताबाट ५ वटा बत्ती बाल्न मिल्ने र मोबाइल फोन चार्ज समेत गर्न सकिने बताइएको छ ।

स्थानीय एकल महिला राजकला कार्कीले झरोको धुवाले समस्या हुने, कपडाहरु कालो हुने र सबैतिर फोहोर हुने गरेकोमा अब सोलारको प्रयोगले सजिलो हुने बताइन् ।

सोलार बत्ती र पाता खत्याड गाउँपालिका वडा न ४ हिगोटीमा रहेका १ सय १९, वडा ८ रिगामा २२ घर, सुकाढिक १८ घर, आमआम १६ घर, वडा न ९ नखर्जी १ सय ४ घर र वडा न ११ रातापानी, लुइ ६० घरधुरी गरी जम्मा ३ सय ३९ दलित परिवारलाई वितरण गरिएको छ ।

यस्तै, एकल महिलातर्फ वडा १, २, ४, ५, ८, ९, ११ का क्रमशः ११, १९, १४, ७, १७, ९ गरी जम्मा ८४ जनालाई सोलारपाता सेट दिइएको हेरेन्डेक नेपाल मुगुका सहायक प्रवन्धक विष्णु रावतले बताए ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...