CG Electronics
IME Life
NIMB

नेपाली हस्तकला सामग्रीको प्रतिलिपि अधिकार बेलैमा सुरक्षित गर्नुपर्छ : राष्ट्रपति

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली हस्तकलाबाट बनेका सामग्री सीपमा आधारित मौलिक उत्पादन भएकोले यसको प्रतिलिपि अधिकार समयमै सुरक्षित गर्नुपर्ने बताएका छन् ।

बिहीबार हस्तकला दिवसको अवसरमा आयोजित बीसौ हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिताको उद्घाटन गरेका उनले नेपाली हस्तकलाका सामग्री कतिपय जातजातिको पुर्ख्यौली पेशाको रुपमा रहेको र मौलिक सीपमा आधारित उत्पादन भएकाले बेलैमा प्रतिलिपि अधिकार पनि सुरक्षित गर्नुपर्नेमा जोड दिए ।

‘नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरु हाम्रा विभिन्न जातजातिहरुको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकोले सजिलै यसको नक्कल हुन सक्दैन’ राष्ट्रपति पौडेलले भने, ‘यसप्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमै सुरक्षित गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।’

उनले हस्तकलालाई समयसापेक्ष बनाएर नयाँ पुस्तामा हस्तान्तरण गर्दै विकास गर्न आवश्यक भएको पनि उल्लेख गरे । हस्तकलाले नेपाली वस्तुको पहिचानलाई विश्वभर फैलाउन योगदान गर्ने उनको भनाई छ ।

‘प्रत्यक्ष–अप्रत्यक्ष गरी झन्डै ११ लाख व्यक्तिहरुलाई रोजगारी दिएको यो क्षेत्र अर्थ व्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान विश्वभर फैलाउन योगदान पुर्याउँछ’ राष्ट्रपति पौडेलले भने ।

विश्वका ८५ देशमा नेपाली हस्तकलाबाट उत्पादित सामग्री निर्यात भैरहेको अवस्थामा नेपालमा विदेशी मुद्रा आजर्न गर्ने प्रमुख क्षेत्र हस्तकला व्यवसाय भएको उनको धारणा छ ।

उनले यो क्षेत्रको प्रवर्द्धन गर्न हस्तकला उद्योगमैत्री आवश्यक नीति, ऐन, कानून निर्माण गरी उत्पादिन वस्तुहरुको देशभित्रै पनि बजार विस्तार गर्ने वातावरण निर्माण गर्नमा सरकारका सबै निकायले सहयोग गर्नुपर्ने बताए ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...