CG Electronics
IME Life
NIMB

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहीत : सभामुख घिमिरे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सभामुख देवराज घिमिरले संसदको प्रभावकारिता धेरै हदसम्म कर्मचारीहरूको क्षमता र सक्रियतामा निहीत रहेको बताएका छन् ।

उनले संघीय संसद्का कर्मचारीहरुको उच्च मनोबल, निष्पक्ष र प्रभावकारी कार्यसम्पादन तथा लगनशीलता वृद्धि गर्न आवश्यक रहेको बताए ।

संघीय संसद सेवा दिवसको सन्दर्भमा बिहीबार शुभकामना वक्तव्य जारी गर्दै सभामुख घिमिरेले सरकारका कामको निगरानी गर्ने संसद्को जिम्मेवारीमा संसद्का कर्मचारीहरुको अर्थपूर्ण भूमिका हुनुपर्ने बताए ।

’नेपालको संविधानको धारा २०७ मा संघीय संसदको काम कारवाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुने व्यवस्था छ ।

निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद सेवा विशिष्ट,स्वायत्त र व्यावसायिक सेवा हो,’ सभामुख घिमिरेले भनेका छन्, ’संसद सेवाको स्वायत्तताबारे खासगरी कर्मचारी वृत्तमा नै बहसहरू हुने गरेकोबारे म जानकार नै छु । अलग्गै सेवा सोचविचार गरेर नै गठन गरेको भन्ने स्मरण गराउन चाहन्छु ।’

उनले सरकारको निगरानीको कामलाई प्रभावकारी कार्यसम्पादन गर्न संसदीय क्षमता र सामर्थ्य विकास गर्न संसद् सेवालाई अलग गरिएको स्मरण गराएका छन् ।

२०५८ सालमा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...