CG Electronics
IME Life
NIMB

प्रथम विद्यालय स्तरिय विश्वदर्शन योग प्रतियोगिता सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । विश्व दर्शन अभियान नेपालद्वारा ‘प्रथम विश्वदर्शन योग प्रतियोगिता’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा राजधानीको विभिन्न १३ स्कुलका १५० भन्दा बढि विद्यार्थीहरु सहभागीता रहेको थियो । चाँगुनारायण–४, भक्तपुरको नेपाल इन्जिनियरिङ्ग कलेजमा आयोजित ‘प्रथम विश्वदर्शन योग प्रतियोगिता मा करिब ८ हजार विद्यार्थीबाट छनोटमा परेका १५० भन्दा बढी विद्यार्थीबीचलाई कक्षा समूह अनुसार विभिन्न गु्रपमा विभाजन गरी विभिन्न योगासन गराई प्रतिस्पर्धा गरिएको थियो ।

 

आगामी दिनहरुमा योग र पुर्वीय दर्शनलाई शिक्षासंग जोड्दै हाम्रा भावी पुस्तालाई विद्यालय स्तरबाट हाम्रो दर्शन, सभ्यता, संस्कार तथा सन्तुलित भोगबारे ज्ञान प्रदान गर्ने उद्देश्यले सन्त्ुलित भोग नै योगको पुर्वाधार हो भन्ने मूल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराई ‘सोऽहम्’ ले जानकारी दिनु भयो । नेपालमै पहिलो पटक विद्यालय स्तरमा यो योग प्रतियोगिता संचालन गरेका छौ, आगामी दिनहरुमा अझै बढि भन्दा वढि विद्यालयका विद्यार्थीहरुलाई सहभागिता गराई योग प्रतियोगितालाई निरन्तरता दिईने र विद्यालय स्तरबाटै योगलाई अनिवार्य सिकाईको विषय गराउन सके अझ राम्रो हुने संस्थाका सदस्य विनोद ढकालले जानकारी दिए ।

उक्त प्रतियोगितामा कक्षा ४ सम्मका छात्राहरुको समूहबाट हाइली क्रियटीभ स्कुलकी निख्क्षिका पौडेल प्रथम, छात्र समूहबाट श्रीयन्त्र स्कुलका रजत मगर प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए भने कक्षा ५ र ६ का छात्रा समूहबाट अर्किड स्कुलकी प्रेमिका राई प्रथम, छात्र समूहबाट गोठाटार स्कुलका समीप राईले प्रथम भएका थिय यसैगरी कक्षा ७ र ८ का छात्रा समूहबाट हाइली क्रियटीभ स्कुलकी जस्मीन कार्की प्रथम छात्रतर्फ अर्किड स्कुलका शिशिर जिरेल प्रथम स्थान हाँसिल गरेका थिए ।

 

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विजयी सहभागिहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथ नगद पुरस्कार र सान्त्वनालाई ट्रफी प्रदान गरिएको थियो । योग प्रतियोगितामा राजधानीका अर्किड स्कुल, अक्षरा स्कुल, अक्षरिका स्कुल, हाइली क्रियटीभ स्कुल, गोठाटार स्कुल, विद्या आर्जन स्कुल, प्रारम्भ एकेडेमी, किड्स लिबर्टी स्कुल, शिक्षालय नेपाल, श्रीयन्त्र स्कुल, द भेलोसिटी स्कुल, गोकर्णेश्वर नगरपालिका जोरपाटी नयाँबस्तीका टाइम लाइन स्कुल र विपुल शिक्षा निकेतन लगायतका १३ स्कुलका विद्यार्थीहरूको सहभागितामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

 

प्रतियोगिताका प्रमुख अतिथि कागेश्वरीमनोहरा नगरपालिका, काठमाण्डौका प्रमुख उपेन्द्र कार्कीले विद्यार्थीहरूलाई योग शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले गरिएको कार्यक्रमको प्रशंसा गर्दै आयोजक संस्था र विद्यालयहरूलाई धन्यवाद ज्ञापन गरे । निर्णायकको भूमिका त्रिभुवन विश्वविद्यालय योग विभागका अध्यापकद्वय डा.टी.पी. धमला कृष्णशरण (नाथ योगमा नेपालका पहिलो विद्यावारिधि) र डा.आनन्द गै¥हेले कुशलपूर्वक निर्वाह गरे । विश्व दर्शन अभियान नेपाल यौगिक तथा आध्यात्मिक संस्था हो जसले विगत १ दशकदेखी निरन्तर योग, आध्यत्म तथा पूर्वीय दर्शन सम्बन्धी विभिन्न कार्यंक्रम गर्दै आईरहेको छ ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...