CG Electronics
IME Life
Ncell NPL

एनसेललाई ६ वर्षभित्र सरकारको स्वामित्वमा ल्याउन सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन 

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अबको ६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने गरी कानुन र नियम संशोधन गर्न मंगलबार निर्देशन दिएको छ ।

आज समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई समिति बैठकमा बोलाएर एनसेलको शेयर खरिद बिक्रीबारे छलफल गरेको थियो । बैठकमा सहभागी प्रधानमन्त्री दाहालले एनसेलको शेयर बिक्रीमा कर छलीसँगै स्वामित्व हस्तान्तरण नगर्ने नियत देखिएको बताए ।

तर, समितिले एनसेलबारे अध्ययन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन नआउँदासम्म शेयर कारोबारमा स्वीकृति तथा सहमति नदिन प्रधानमन्त्री कार्यालयका अर्थ मन्त्रालय, सञ्चार र उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

साथै समितिको प्रतिवेदनलाई समेत आधार मानेर कानुन बमोजिम बुझाउने पर्ने कर तथा गैरकर राजस्व एनसेलबाट असुल गर्न भनेको छ ।

बैठकपछि समितिका सभापति रामहरी खतिवडाले भने, ‘एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन समिति ०८० को प्रतिवेदनलाई समेत आधार लिई कानूनबमोजिम राज्यलाई तिर्नुपर्ने कर गैह्रकर रकम एनसेलबाट असुल उपर गर्न, प्रधानमन्त्री कार्यालयका अर्थ मन्त्रालय, उद्योग आपूर्ति मन्त्रालय र सञ्चार  मन्त्रालयलाई निर्देशित गर्दछ ।’

समितिले दूरसञ्चार ऐन तथा नियमावलीमा समय सापेक्ष संशोधन यथासिघ्र गर्न, एनसेलको शेयर कारोबारलाई स्वीकृती नदिन पनि सरकारलाई निर्देशन दिएको छ ।

‘वि. सं. २०८६ मा एनसेल नेपाल सरकारको स्वामित्वमा ल्याउन पहल गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आवश्यक कानुन र नियम संशोधन गर्न निर्देशन दिने र अहिलेसम्म एनसेलले यहाँबाट लगेको अर्थको विवरण राष्ट्रबैंकबाट मगाउने,’ समितिको निर्णयमा भनिएको छ ।

 

 

 

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४८

  काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम, शैक्षिक क्षेत्रमा ऐतिहासिक उपलब्धि

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम,...

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:०४

  काठमाडौं। नेपाली मूलका आशिष बिष्टले शैक्षिक क्षेत्रमा अभूतपूर्व सफलता...

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१५

  काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र...

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:०८

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:००

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...