भैसेपाटीमा मन्त्रीको क्वार्टरसँगै टहरामा आगलागी
Tuesday Dec 19, 2023
वि.सं.२०८० पुस ३ मंगलवार १६:५८
काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ ।
क्वार्टरसँगै काममा खटिएका मजदुर बस्ने टहरामा समेत आगो लागेको र हाल नियन्त्रणमा आइसकेको भैँसेपाटी प्रहरी प्रभागले जनाएको छ ।
प्रहरीका अनुसार बिहान सवा ११ बजेतिर लागेको आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट एउटा टहरोमा बाहेक अरु ठूलो क्षति नभएको प्रहरीको भनाइ छ ।




























