CG Electronics
IME Life
NIMB

सूर्य नेपाल गल्फ टुरको दोस्रो प्रतियोगिता सुरु हुँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधवारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ । सिजनको कुल आठमध्ये यो प्रतियोगितामा गत सिजनमा अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउनेछन् । तर, यो पटक नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाउने छैनन् ।

यही कारण अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले यो प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछन् । शुक्रसँगै १४औं वरीयताका टंकबहादुर राई, १५औं वरीयताका बलभद्र राई र १६औं वरीयताका कमल तामाङले व्यक्तिगत कारण नखेल्ने भएका हुन् ।

चार खेलाडीले नाम फिर्ता लिँदा अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहेका भुवन नगरकोटी यो प्रतियोगिताका टप सिडेड खेलाडीको रूपमा रहनेछन् । १७ औं वरीयताका दीपक मगर, १८औंका तोरणविक्रम शाही, १९औंका प्रदीपकुमार लामा र २०औं वरीयताका रामकृष्ण श्रेष्ठले म्याच प्लेमा स्थान बनाएका छन् ।
म्याच प्लेको ड्रअनुसार भुवन नगरकोटीले पहिलो चरणमा २०औं वरीयताका रामकृष्ण श्रेष्ठसँग खेल्नेछन् ।

तेस्रो वरीयताका नीरज तामाङको सामना १९औं वरीयताका प्रदीपकुमार लामाले गर्नेछन् । डिफेन्डिङ च्याम्पियन तथा चौथो वरीयताका दिनेश प्रजापतिले १८औं वरीयताका तोरणविक्रम शाहीसँग खेल्नेछन् । यस्तै १७औं वरीयताका दीपक मगरले पाँचौ वरीयताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन् ।

यसैगरी पहिलो चरणकै अर्को खेलमा छैटौं वरीयताका सञ्जय लामा र १३औं वरीयताका शिवराम पौडेलबीच प्रतिस्पर्धा हुनेछ। सातौं वरीयताका रबि खड्काको सामना १३औं वरीयताका रमेश अधिकारीले गर्नेछन् । अर्को खेलमा आठौं वरीयताका रामे मगर र ११औं वरीयताका सूर्यप्रसाद शर्माबीच क्वाटर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै नवौं वरीयताका धनबहादुर थापा र १०औं वरीयताका भुवनकुमार रोक्काले पहिलो चरणको खेलमा एक अर्काको सामना गर्नेछन् ।

पहिलो चरणका विजेता आठ खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनल खेलहरू बिहीबार हुनेछन् । सेमिफाइनल शुक्रबार हुनेछ । पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ । शनिबार हुने फाइनल खेल भने ३६ होलको हुनेछ ।

खेलाडीहरूले कुल २ लाख ५० हजार नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा पराजित हुने आठ खेलाडीले जनही ६ हजार तथा क्वाटरफाइनलमा पराजित चार जनाले ११ हजार प्राप्त गर्नेछन् । विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुनेले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् ।

नेपाल पीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले व्यावसायिक गल्फमा निरन्तर सहयोग गरेकोमा प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिएका छन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...