CG Electronics
IME Life
NIMB

सीमा क्षेत्रका १८ सय बढी स्तम्भहरुको मर्मत संभार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा रहेका करिब १८ सय बढी सीमा स्तम्भहरुको मर्मत संभार गरेको जनाएको छ ।

प्रवक्ता एसएसपी राजेन्द्र खड्काले सीमा स्तम्भहरुको निर्माण, मर्मत सम्भार र पुनःस्थापना सम्बन्धी मापदण्ड अनुसार १८ सय भन्दा बढी बिजोर सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको जानकारी दिएका हुन् ।

शनिबार २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सशस्त्र प्रहरी र सशस्त्र सीमा बलको समन्वयमा नेपाल–भारत सीमा नाका दशगजा खाली गर्ने कार्यलाई निरन्तरता दिईएको पनि बताए ।

उनले भने, ‘नेपाल भारत सीमामा अवस्थित स्तम्भहरुको मर्मत सम्भार कार्यलाई व्यवस्थित गर्न स्तम्भहरु निर्माण, मर्मत सम्भार र पुनःस्थापना सम्बन्धी मापदण्ड तर्जुमा गरिएको जस अनुरुप १८ सयभन्दा बढी बिजोर सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको छ ।’

सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलको समन्वयमा नेपाल–भारत सीमानाको दशगजा खाली गर्ने कार्यलाई निरन्तरता दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यसक्रममा ३८ स्थानका ५ सय ५६ वटा घरटहरा हटाई १६, ७७९ किलोमिटर दशगजा खाली गरिएको, १८ वटा भौतिक संरचना निर्माणमा रोक लगाइएको, २६ स्थानको १३.३२ विगा खेतीपाती गर्न रोकिएको पनि जानकारी दिइयो ।

सीमा सुरक्षाका लागि शसस्त्र प्रहरीको उपस्थिति बढाउने सिलसिलामा २५ वटा बिओपी(बोर्डर आउट पोष्ट) बढाउँदै २ सय ५३ पुर्याइएको प्रत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यसमध्ये ४५ वटा बिओपीमा प्रहरी नायब उपरिक्षकले कमाण्ड गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल–भारत, नेपाल–चीन सीमामा रहेका स्तम्भहरुको विस्तृत विवरण ‘जीआइएस’ प्रविधिको विस्तार गरिएको साथै संयुक्त गस्तीलाई पनि प्रभावकारी बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

 

 

 

 

 

 

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...