CG Electronics
IME Life
NIMB

मिटर ब्याजी विरुद्धका उजुरीमा अब प्रहरीले अनुसन्धान गर्छ : गृहमन्त्री श्रेष्ठ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याजीविरुद्ध उजुरीमा अब नेपाल प्रहरीले अनुसन्धान गर्ने र मुद्दा चलाउने बताएका छन् । उनले सरकारले गठन गरेको आयोगले करिब पाँच हजार पीडितलाई न्याय दिएको भन्दै सोही आयोगको प्रतिवेदनबमोजिम अब थप अनुसन्धान र कारबाहीको जिम्मा प्रहरीलाई दिइएको बताए ।

अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा गृहमन्त्री श्रेष्ठले भने, ‘सरकारले मिटर ब्याजसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गरेको थियो । आयोगले काम गरेर प्रतिवेदन समेत दिइसकेको छ । हामीले आयोगको प्रतिवेदनबमोजिम जिल्लामा आएका उजुरीहरुलाई प्रहरीमा पठाउने निर्णय गरेका छौँ । अब प्रहरीले पीडितलाई न्याय दिने गरी मेलमिलाप गराउने वा अनुचित लेनदेनसम्बन्धी कानूनबमोजिम मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाउने काम गर्छ ।’

उनले त्यस्तो काम गर्दा पीडितलाई न्याय हुने गरेर गर्न समेत नेपाल प्रहरीलाई निर्देशन दिए ।
गृहमन्त्री श्रेष्ठले उपयुक्त अपराध अनुसन्धानले नै पीडितलाई न्यायको प्रत्याभूति गराउन सक्ने भन्दै अपराध अनुसन्धानमा प्रहरीलाई कमजोरी गर्ने छुट नभएको बताए । पछिल्लो समय सहकारीसम्बन्धी मुद्धाहरू बढेको भन्दै गृहमन्त्री श्रेष्ठले त्यसकालागि सरकारले कार्यदल बनाएर छानविन गरिरहेको र कानूनमा समेत आवश्यक संशोधन गरेर सहकारीका बचतकर्ताहरुलाई न्याय हुने गरी कारबाही प्रक्रिया अघि बढाउने बताए ।

‘अपराधका विभिन्न आयामहरू थपिँदा हामीले कानूनमा पनि त्यहीअनुसार प्रबन्ध गर्दै जानुपर्ने देखिएको छ । त्यसकालागि सरकारले गृहकार्य गरिरहेको छ भने कतिपय कानूनहरू संशोधन नै भइसकेका छन्,’ उनले भने, ‘अत्याधुनिक प्रविधिलाई अपराध अनुसन्धानमा उपयोग गर्ने र त्यसका लागि दक्ष जनशक्ति तयार गर्ने कुरामा पनि हामी सबै सचेत छौँ । नेपाल प्रहरीलाई क्रमशः हामीले सुविधा सम्पन्न बनाउँदै लगेका छौँ ।’

उनले पछिल्लो समय सामाजिक सञ्जाल र अन्तरदेशीय अपराध मौलाएको भन्दै त्यसकालागि समेत नेपाल प्रहरीको विशेष अपरेसन आवश्यक भएको बताए ।

 

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...