CG Electronics
Ncell NPL
NIMB

एक लाख नेपाली ग्राहकहरुको मन जित्न सफल टिभिएस् एन्टर्क

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपालको लागि टिभिएस् मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पुरा गर्न सफल भएको छ ।

२०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरू माझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख बिक्री भईसकेको छ ।

बलियो र स्टाइलिश लुक तथा स्मार्ट फिचरले गर्दा टिभिएस् एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको हो ।

यस बारेमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले भने, “हामीले नेपाली ग्राहकहरूका यति धेरै माया र विश्वास पाएका छौँ । लन्च गरेको यतिछोटो अवधिमै १ लाख एनटर्कहरू रोडमा गुडिसकेका छन् । यो माया र विश्वासको लागि हामी नेपाली ग्राहकहरुप्रति कृतज्ञ छौँ ।”

टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर,पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रियछ । यसको टिभिएस एनटर्क ड्रम आकर्षक मुल्यको कारणबढी रुचाइएको छ भने हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ । टिभिएस एक्सपिमा आरटि–एफ्आइ प्रविधी, भोइस कमान्ड, राइड मोड लगायत ६० वटा भन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरु उपलब्ध छन् । नेपाली बजारमा अत्याधुनिक प्रविधीयुक्त स्कुटरहरु उपलब्ध गराउने टिभिएस् पहिलो कम्पनी हो ।
स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहक हरुको पहिलो रोजाइमा पर्न सफल भएको हो ।

लन्च भएको छोटो समयमा नै १ लाख टिभिएस् एनटर्कहरु सडकमा गुड्नुले तथा कम्पनीले नियमित आयोजना गर्ने राइडहरुमा हुने उल्लेखनीय सहभागिताले टिभिएस् एनटर्कहरुको बढ्दो लोकप्रियतालाई पुष्टी गरेको छ ।

एनटर्कले नेपालमा १२५ सीसीको स्कुटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकहरुको लागि प्रशस्त छनोटका अवसरहरु प्रदान गर्दै विकासको नयाँ युगको सुरुवात गरेको छ ।

एक लाख स्कुटर बिक्री भएको उपलक्ष्यमा टिभिएस् एनटर्क अहिले ३,९९९ को मासिक किस्तामा उपलब्ध छ ।

 

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने

ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २१:४३

  काठमाडौं, नेपाल – १५ अप्रिल २०२६ – नेपालमा फोटोन...

एलआरआर मोटर्सद्वारा काठमाडौँस्थित शोरुममा “जिली EX5 सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना

एलआरआर मोटर्सद्वारा काठमाडौँस्थित शोरुममा “जिली EX5 सुपर...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१६

  काठमाडौँ । जिली EX5 म्याक्स तथा प्रो विद्युतीय सवारी...

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६...

वि.सं.२०८३ वैशाख २ बुधवार २३:३७

  काठमाडौँ, अप्रिल १५, २०२६- नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय दोहोरो...

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५ पहिलो स्थानमा

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:५७

दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर...

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक, मूल्य र विशेषता सार्वजनिक

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:०४

काठमाडौं । Royal Enfieldको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले...