CG Electronics
IME Life
NIMB

त्रिशुली नदीमाथि जिपलाइन र स्काई साइक्लिङमा वर्षा राउत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

अभिनेत्री वर्षा राउतले  त्रिशुली नदीमाथि सञ्चालित जिपलाइन र स्काई साइक्लिङको मज्जा लिएकी छन् ।

त्रिशुली रिभरसाइड रिसोर्टले सञ्चालन गर्दै आएको  जिपलाइन र स्काई साइक्लिङमा अभिनेत्री राउतले मनोरञ्जन लिएकी हुन् ।

जिपलाइन र स्काइ साइक्लिङपछि अभिनेत्री राउतले आफूलाई शुरूमा डर लागेपनि पछि निक्कै मज्जा आएको बताइन् । ‘मैले जिपलाइन अरु ठाउँमा पनि गरेको थिएँ  तर यति ठूलो नदीमाथि गर्दा झन् मज्जाको थ्रिल महशुस भयो,’ उनले भनिन्,’खोलामाथि साइक्लिङको अनुभव पनि मेरो लागी एकदमै नौलो रह्यो ।’

काठमाडौंबाट ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको यस रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ सञ्चालनमा छ ।

नदीमाथि जीपलाइन र स्काइ साइक्लिङ गर्नका लागि रिसोर्ट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।   रिसोर्टमा जिपलाइन पनि नदी पार गर्ने गरि नै बनाइएको छ । रिसोर्ट परिसरबाट जिपलाइन नदी पारीतर्फ ल्यान्डिङ हुन्छ  ।

जिपलाइन गरेर नदी पार गर्ने पर्यटक स्काई साइक्लिङ गरेर फर्कन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत दिइने गरेको रिसोर्टका सञ्चालक उद्धव कँडेलले जानकारी दिए ।

पछिल्लो समय एड्भेन्चर हब बन्दै गइरहेको यस रिसोर्टमा  अभिनेत्री राउत को यो पारिवारिक घुमघाम हो । आफ्ना पति संजोग कोइरालासँग उनले रिसोर्टमा होलिडे समय बिताएकी हुन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...