CG Electronics
IME Life
Ncell NPL

सूचनाप्रविधि मेला क्यान इन्फोटेक माघ २५ देखि

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । बर्सेनि हुँदै आएको सूचना प्रविधि मेला क्यान इन्फोटेकको २९ औं संस्करण यसपटक माघ २५ गतेदेखि हुने भएको छ । आयोजक क्यान महासंघले बिहीबार पत्रकार सम्मलेन गर्दै भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने पाँचदिने मेलाको तयारी अन्तिम चरणमा रहेको जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी, बिक्री तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति मेला आयोजना हुँदै आएको छ । सार्थक अन्तरक्रियासहितको उद्देश्यले मेला आयोजना गर्न लागेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

उनले भने,‘माघ २५ देखि राजधानीमा एसपावर क्यान इन्फोटेक २०२४ हुँदैछ । हामी तयारीको अन्तिम चरणमा छौ । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी हुनेछ ।’ भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला गदैछौ. ।’

मेलालाई यसपटक आयोजकले एस पावर क्यान इन्फोटेक नाम दिएका छन् । क्यान इन्फोटेकको टिकेटिङ पार्टनर इसेवामार्फत मेलाको प्रवेश टिकट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने जनाइएको छ ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एसेसरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करिअर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सलुसनलाई प्राथमिकता दिइने आयोजनाले जनाएका छन् । जसअन्तर्गत इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

अहिलेसम्म क्यान इन्फोटेकका लागि ९० प्रतिशत अर्थात् १ सय २० बढी स्टल बुकिङ भइसकेको छ । मेलाको यो संस्करणलाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा महासंघले गरेको छ । काठमाडौंमा समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला गर्ने महासंघले जनाएको छ ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...