CG Electronics
IME Life
NIMB

नेपाल व्यवस्थापन संघद्वारा पौडेललाई ‘युथ आईकन रिकग्निशन अवार्ड’ प्रदान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपाल व्यवस्थापन संघद्वारा पौडेललाई ‘युथ आईकन रिकग्निशन अवार्ड’ प्रदान

काठमाडौं। नेपालको उद्यमशीलता र आर्थिक क्षेत्रमा नवीनतम योगदान र नेतृत्व प्रदान गरेबापत आद्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक तथा अध्यक्ष मनोज पौडेललाई नेपाल व्यवस्थापन संघद्वारा ‘युथ आईकन रिकग्निशन अवार्ड २०२३’ प्रदान गरिएको छ।

शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पौडेललाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

नेपालमा वकैल्पिक तथा नवीनतम लगानी तथा उद्यमशीलताको क्षेत्रमा सरकार, निजि क्षेत्र र विकास साझेदारबीच अद्वितीय साझेदारी बनाउन उनले देखाएको उदाहरणीय व्यवस्थापकीय शैलीलाई सम्मानित गरेको संघले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी समिति सदस्य तथा लगानी तथा अन्तर्राष्ट्रिय मामिला मञ्चका सभापति समेत रहेका पौडेलले विश्वका विभिन्न प्लेटफर्ममा नेपालको निजी क्षेत्रको तर्फबाट नेपाललाई लगानीको गन्तव्यका रुपमा कुशलतापूर्वक प्रस्तुत गर्न खेलेको उनको भूमिकालाई समेत संघले सम्मानित गरेको हो ।

चेवेनिंग स्कलरको रुपमा विश्व प्रसिद्ध लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेका पौडेल प्राइम कमर्सियल बैंकका सञ्चालक पनि हुन् । उनी काठमाडौं टेक्निकल स्कूल, इन्भेस्ट इन्फ्रा, र इन्स्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्स जस्ता नवीन संस्थाहरूका सह-संस्थापक समेत हुन्।

नेपालमा सकारात्मक परिवर्तनका लागि काम गरिरहेका युवा प्रतिभालाई सम्मान गर्न संघले यस वर्षबाट नयाँ विधामा सम्मान दिन सुरु गरेको हो। त्यसैगरी, संघले म्यानेजमेन्ट अफ दी इयर अवार्ड नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थी, वुमन म्यानेजर रिकग्निशन अवार्ड आरती चटौत र लाइफ टाइम कन्ट्रिब्युशन अवार्ड पद्यलाल श्रेष्ठलाई प्रदान गरेको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...