CG Electronics
IME Life
NIMB

आज महाशिवरात्रि पुजा मनाइदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं/ आराध्य देव श्री महादेवको पुजा आजा गर्दै आज महाशिवरात्रिको पुजा गरिदैछ । हाम्रो संस्कृतिमा कालरात्रि, सुखरात्रि, मोहरात्रि र शिवरात्रि प्रख्यात छन् । शिवरात्रिकै दिन भगवान् शिवको पार्वतीसाग विवाह भएको मानिन्छ ।

नेपाल प्राचीनकालदेखि नै शैवधर्मको केन्द्र मानिन्छ । त्यसो त ईशापूर्व चार हजार वर्ष अगाडि नै प्राचीन सिन्धुघााटी सभ्यतामा शिवलिंग आकृतिले स्थान पाउनु र त्यसपछि विभिन्न विकसित शिवलिंगहरूको प्रादुर्भाव यसको प्रमाण मानिन्छ । हिन्दुधर्मको वेदमा वर्णन गरिएको रुद्ररूपी शिवको उपासनाबाट नै पूर्वीय सभ्यतामा शैवमतले आफ्नो स्थान बनाउन सम्भव भएको थियो । यसै क्रममा शैवमतभित्र मुण्ड शृङ्खलिक, वश पाशुपत, दान पाशुपत, लकुलिश, सोम सिद्धान्ती पाशुपत जस्ता शैव सम्प्रदायहरूको विकास नभई एउटै शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पुकारेको पाइन्छ ।

शैवमतको विकास हुने मौका विशेषगरी लिच्छविकालमा भएको हो । अंशु बर्मा, नरेन्द्रदेव, शिवदेव, जयदेव जस्ता प्रभावशाली लिच्छवि राजाको समयमा यहाा शैवमत यसरी फस्टाएको थियो । मध्यकालमा शैवधर्मका साथसाथै बौद्ध ब्रजयानी मतले फस्टाउने मौका पाए पनि तत्कालीन शासक शैवप्रति विशेष आस्थावान् भएको थुप्रै प्रमाण भेटिन्छ । गुणकामदेवले नेस १०७ मा राख्न लगाएको धायुबुाको अभिलेख, नेस २२१ र नेस २८२ को ताम्रपत्रबाट तत्कालीन समयमा शिवमूर्ति शिवमन्दिर निर्माण गर्ने र पूजा गर्ने परम्परा अत्यधिक रहेको थाहा हुन्छ । यसमा पनि लिच्छवि राजा जयदेव द्वितीयपछि आगलागीमा परी नेपाल मण्डलको पतन भएको र गुणकामदेवले देश बसाउने क्रममा विभिन्न ६४ शिवलिंगसहितको नेपाल मण्डलको निर्माण हुनुबाट तत्कालीन समयमा शैवधर्मको प्रभाव कति रहेछ, थाहा पाउन सकिन्छ ।

मल्लकालमा कलात्मक, मौलिक वास्तुकलाले भरिएको शैव सम्पदा निर्माण भएको पाइन्छ । यसरी नेपालमा शैवमतको बढ्दो प्रभावलाई निस्तेज पार्न नेस ४७० मा बंगालका सुल्तान समसुद्दिनले यहाा आक्रमण गरी ठाउाठाउाको देवमन्दिर नष्ट गर्ने क्रममा आराध्यदेव पशुपतिनाथको शिवलिंगलाई दुई टुक्रा पारिदिएको इतिहासमा उल्लेख छ । तत्कालीन भारदार जयसिंहराम बर्द्धनले मुसलमानहरूले बिगारेको पशुपतिको शिवलिंगको ठाउामा नयाा शिवलिंगसहित अनेकौ ठाउामा नयाा शिवलिंगहरू समेत बनाउन लगाए ।

जसरी पशुपतिनाथ शैवमार्गी हिन्दुको एकमात्र शिवलोकका रूपमा प्रसिद्ध छ । प्रत्येक वर्ष फागुण शुक्ल चतुर्दशीका दिनलाई शैवरात्रिको नाम दिइएको छ । हाम्रो संस्कृतिमा कालरात्रि, सुखरात्रि, मोहरात्रि र शिवरात्रि प्रख्यात छन् । शिवरात्रि कै दिन भगवान् शिवको पार्वतीसाग विवाह भएको मानिन्छ । त्यस्तै यो दिन भगवान् शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रूपमा धर्मग्रन्थहरूमा व्याख्या भएको पाइन्छ । इशान संहितामा यो दिन भगवान् शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने उल्लेख छ ।

अर्काे एक धर्मग्रन्थअनुसार निषादराज सुन्दर सेनकनले अन्जानमै यो दिन व्रत बस्न पुग्दा मृत्युपर्यन्त उनी शिवलोकमा पुगी भगवान् शिवको सेवक बन्न पुगेको उल्लेख छ । स्कन्द पुराणमा पनि शिवरात्रि को महत्त्व झल्काउने क्रममा चण्ड नामका एकजना दुष्ट र उनकी पत्नीले अन्जानमा यो दिन व्रत लिन पुग्दा भगवान् शिव प्रसन्न हुन पुगी उनीहरूले शिवलोकमा बास पाएको उल्लेख छ । स्कन्द पुराणमा यतिसम्म उल्लेख छ कि जो मनुष्यले यो दिन भगवान् शिवको आराधना गरी व्रत बस्दछ उसले जीवनमा दोस्रोपटक मनुष्य भई जन्म लिंदा आमाको दूध पिउनु पर्दैन ।

काठमाडांै उपत्यका र वरिपरिको नेवार बस्तीमा शिलाचर्हेोका रूपमा प्रख्यात यो दिन भगवान् शिवको मूर्ति वा मन्दिर अगाडि, टोल, चोक, दुपाटमा रातभर आगो बाली धुनी जगाई भजनकीर्तन गर्ने, देवदेवालयमा महादीप बाल्ने र अन्तमा प्रसाद बााडी खाने चलन छ । कतै कतै भगवान् शिवलाई प्रसन्न पार्ने हेतुले शिवको पि्रय गााजा, भाङ, धतुरो घोट्टा आदिको खुलमखुला सेवन गर्ने चलन छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...