बेलाको बोलीको शुरुवात

Friday Feb 24, 2017
वि.सं.२०७३ फागुन १३ शुक्रवार ०४:३८

नेपाल/अमेरिका- महाशिवरात्रीको अवसर पारेर नेपाल र अमेरिकाबाट बेलाको बोली (https://aarthikplus.com/) अनलाइन समाचारको विधिवत रुपमा शुभारम्भ गरिएको । विश्वमा वकसित हुँदै गइरहको सूचना प्रविधिलाई अधिकतम प्रयोग गरि अनलाइन संचालन हुनेछ । सूचनाका विविध आयामहरुलाई जनस्तरमा पुर्याउने उद्देश्य स्वरुप स्मार्ट प्रा.लि. ले यो अनलाइन संचालनमा ल्याएको छ । लामो समयसम्म नेपालको संचार क्षेत्रमा अनुभव हासिल गरी हाल स्थायी रुपमा हाल अमेरिका बस्दै आइरहनु भएका संचारकर्मी सन्देश कुमार खड्का र नेपालको संचार तथा सूचना प्रविधिको क्षेत्रमा कृयाशिल पत्रकार अर्जुन चालिसेको संयुक्त्त सहकार्यमा यो अनलाइनको शुरुवात भएको छ । देश विदेशमा छरिएर रहनु भएका समस्त नेपाली/विदेशीहरुको साथ र सहयोगको हामी सधै अपेक्षा गर्दछौं ।
- सम्पादक