Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

यसरि गर्नुस मतदान, मतदान स्थल यस्तो हुन्छ

 

३० बैशाख, काठमाडौं –  निर्वाचन आयोगले भोलि मतदानका क्रममा गर्भवती, जेष्ठ नागरिक, अशक्त, दृष्टिविहीन लगायतलाई लाइनमा नबसी मतदान गर्ने व्यवस्था मिलाएको छ ।

आयोगले हरेक मतदानस्थलमा अशक्त, जेष्ठ नागरिकहरुलाई लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरेको हो । उनीहरु सिधै मतदान केन्द्रमा प्रवेश गरी मतदान गरेर फर्कन सक्नेछन् ।

आयोगले आज मतदान स्थलमा मतदान केन्द्र निर्माण गर्ने, मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताका लागि लाइन मिलाउने जस्ता काम गरिरहेको छ । यस्तै मतपेटिका राखेर भोलिबाट हुने मतदानका लागि सबै तयारी गरिरहेको आयोगले जनाएको छ ।

आयोगले हरेक मतदानस्थलमा डोरी टाँगेर मतदाताको लाइनलाई व्यवस्थित बनाउने प्रयास गरिरहेको छ ।

यस्तो हुन्छ मतदान केन्द्र

मतदान केन्द्रमा प्रवेश गर्ने ठाउँमा तीनवटा प्रवेशद्वार बनाइएको हुन्छ । एउटा प्रवेशद्वारबाट जेष्ठ नागरिक, गर्भवती, अशक्त, दृष्टिविहीन मतदाताले लाइन नबसि मतदान गरेर फर्कने सक्नेछन् ।

अर्को लाइन पुरुष मतदाताका लागि हुन्छ । उनीहरुले लाइनमा बसेर आफ्नो पालोमा मतदान गर्न सक्नेछन् । यस्तै महिला मतदाताका लागि पनि छुट्टै लाइनको व्यवस्था गरिएको हुन्छ ।

लाइनबाट मतदान केन्द्रमा पुगेपछि मतदाताले मतदाता परिचय पत्र वा अन्य सरकारी कार्यालयबाट जारी भएको परिचय पत्र बोक्नुपर्नेछ । त्यसका आधारमा मतदान अधिकृतले मतदातालाई मतपत्र दिन्छ । त्यही मतपत्रमा हरेक मतदाताले गोप्य मतदान गर्न सक्नेछन् । तर, मतदान गर्न जाँदा मोबाइल फोन बोक्न निषेध गरिएको छ ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...