Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न मिल्ने

kumari  bank

३० वैशाख, काठमाडौं-


निर्वाचन आयोगको वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्वीरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ ।

आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नस्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र/राहदानी/सवारीचालक अनुमतिपत्र/जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको हो ।

साथै, मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिइ मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।
सो सम्बन्धमा थप बुझ्नुपरेमा आयोगको टोल फ्री नम्बर १६६००१४४२२२ मा सम्पर्क गरी जानकारी लिन सकिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । रासस

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...