Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

प्रियंकाको निर्माणाधिन फिल्म ‘काशी अमरनाथ’मा नेपाली अभिनेत्री जेनिशा केसी पनि देखिने

Machhapuchchhre Bank Limited
बलिउड अभिनेत्री प्रियंका चोपडाको निर्माणमा बनिरहेको भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा नेपाली अभिनेत्री जेनिशा केसी पनि देखिने भएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार झारखण्डको राँचीमा मे १ देखि फिल्मको सुटिङ सुरु भएको छ।
दोस्रो दिनमा फिल्मको गीतको छायांकन गरिएको थियो। राँचीको एक बारमा सुटिङ गरिएको गीतमा जेनिशाले रवि किशनसँग नृत्य गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रवि किशन भोजपुरी फिल्मका सुपरस्टार हुन्।
प्रियंकाकी आमा मधु चोपडाको स्वामित्वमा रहेको फिल्म कम्पनी ‘पर्पल पेबल’ बाट बनिरहेको फिल्मलाई सन्तोष मिश्राले निर्देशन गरिरहेका छन्। प्रियंका हाल भारतका प्रान्तीय भाषाका फिल्म निर्माणमा जोड दिइरहेकी छन्। उनले भारतको नेपालीभाषी बहुल क्षेत्र सिक्किमका कलाकारलाई लिएर नेपाली भाषाको फिल्म ‘पाहुना’ निर्माणको घोषणा गरिसकेकी छन्।
बताइएअनुसार बाँकी दृश्यका लागि गोवा जाने तयारी गरिरहेकी जेनिशा हाल मुम्बईमा बस्छिन्। एक अन्तरवार्तामा उनले प्रियंका र उनकी आमालाई भेटेको र आफू अडिसनबाट छानिएको बताएकी छन्।
‘गिरफ्तार’ फिल्मबाट फिल्म अभिनयमा लागेकी जेनिशाले करिब डेढ दर्जन नेपाली फिल्ममा अभिनय गरेकी छन्। ‘आधी बाटो’ उनको अहिलेसम्मको अन्तिम फिल्म हो। डेढ दर्जन फिल्म खेल्दा पनि अभिनयका कारणले उति चर्चामा नरहेकी जेनिशा कुनै समय अभिनेता विराज भट्टसँग नाम जोडिएर चर्चामा थिइन्।
विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने,...

वि.सं.२०८१ साउन १५ मंगलवार २२:४१

  काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने...

बरिष्ठ गीतकार टेक तामाङको ‘एउटा जून’ को म्युजिक भिडियो सार्वजनिक

बरिष्ठ गीतकार टेक तामाङको ‘एउटा जून’ को...

वि.सं.२०८१ असार १६ आइतवार १८:४७

काठमाडौं । वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा...

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्, ‘रङ्गेली रहस्यमयी नाम हो’

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्,...

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१३

काठमाडौं। नवनिर्देशक अर्जुन सुवेदीको आफ्नै लेखनमा निर्माण भएको चलचित्र ‘रङ्गेली’...