CG Electronics
IME Life
NIMB

अर्घाखाँचिमा यस वर्ष १९ करोड रुपैयाँको मसलाबाली उत्पादन

NIMB
Himalayan Bank

२ जेठ, अर्घाखाँची-  मसलाबालीको खेती जिल्लाभर बर्सेनि फस्टाउँदै गएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष १९ करोड रुपैयाँको उत्पादन भएको छ ।
व्यावसायिक रूपमा अदुवा, बेसार, लसुन, प्याज र खुर्सानी खेती हुन थालेको हो । उत्पादित अदुवा जिल्ला बाहिरसमेत बिक्री हुन थालेको छ । ‘यो वर्ष चार सय हेक्टर क्षेत्रफलमा ३ हजार ९ सय ६८ टन अदुवा उत्पादन भएको छ,’ कृषि प्रसार अधिकृत थिरलाल गैरेले भने, ‘जसबाट १२ करोड रुपैयाँको कारोबार भयो ।’ उनले १ सय ४३ हेक्टर क्षेत्रफलमा ११ सय ४४ टन बेसार उत्पादनबाट २ करोड रुपैयाँको कारोबार भएको छ । त्यसैगरी प्याज, लसुन र खुर्सानी १ हजार १५ टनबाट ५ करोड रुपैयाँ बराबरको उत्पादन भएको उनले बताए । उत्पादनको सिजनमा व्यापारीले कृषकको घरमै पुगेर खरिद गर्छन् । बाह्रै महिना माग यथावत् रहने भएकाले मसला तराईबाट पनि यहाँका बजारमा आइपुग्छ । बेसारको बिक्री भने उत्साहजनक रूपमा छैन । अदुवा प्रतिकिलो ४० र बेसार २० रुपैयाँमा व्यापारीले कृषकसँग खरिद गर्दै छन् ।
मसलाबालीलाई किसानले घरखर्चका लागि लगाउँदै आएकामा हिजोआज अदुवा र बेसारको उत्पादन व्यावसायिक भएको छ । बर्सेनि २० प्रतिशतले उत्पादन बढ्दै गएको कार्यालयले जनाएको छ । कतिपय क्षेत्रमा अदुवामा गानो कुहिने रोग देखापरेकामा किसान चिन्तित छन् ।
जिल्लामा उत्पादित अदुवा पाल्पा, बुटवल र कपिलवस्तुमा पठाइन्छ । जिल्लाको दक्षिणी क्षेत्र ठाडा, सिद्धारा, सिमलपानी, जलुके र जुकेना क्षेत्रमा उत्पादन धेरै छ । पोखराथोक, खिदिम र ठुलापोखरालगायतका गाउँमा पनि व्यावसायिक खेतीको बिस्तार हुँदै छ । ठूलापोखराका कृषकले बेसार उद्योग पनि खोलेका छन् ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...