गोसाइकुण्ड गाउँपालिकामा नेकपा एमाले बिजयी

Tuesday May 16, 2017
वि.सं.२०७४ जेठ २ मंगलवार १२:४१

अपडेट
रसुवाको गोसाइकुण्ड गाउँपालिकामा नेकपा (एमाले)ले जितेको छ । को छ । नेकपा एमालेका कैसाङ नुर्पू तामाङले १ हजार ८ सय २८ मत ल्याएर बिजयी भएका छन् भने । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले एक हजार ५ सय ५ मत प्राप्त गरेका छन् । यस्तै गाउँपालिकाको उपप्रमुखमा एमालेकै कारग्याल्मो श्रेष्ठले एक हजार ७ सय ४० मत ल्याएर विजयी भइन् । उनका प्रतिद्धन्दी कांग्रेसकी देवी तामाङ एक् हजार एक सय ४९ मत प्राप्त गरिन् । तीन हजार ६ सय ९३ मत गणना गरिएकोमा २६ वटा मत बदर भएको थियो ।