CG Electronics
IME Life
NIMB

मदन भण्डारी र जीवराज आश्रतिको हत्याको रहस्य पत्ता लाग्नेछ- केपी ओली

NIMB
Himalayan Bank

३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चितवनको दासढुंगामा २४ वर्षअघि भएको मदन भण्डारी र जीवराज आश्रतिको हत्याको रहस्य पत्ता लाग्ने बताएका छन् । ओलीले राजपरिवार बंश सखाप हुने गरी भएको दरबार हत्याकाण्डको पनि रहस्य पत्ता लाग्ने दाबी गरेका छन् । एमालेको पुरानो पार्टी कार्यालय रहेको स्थान मदननगर बल्खुमा बुधबार २४ औं मदन-आश्रित स्मृति दिवसमा बोल्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला शक्तिले गरेको षड्यन्त्रपूर्ण हत्याका रुपमा चित्रित गरे । एमालेविरुद्ध ठूल्ठुला षडयन्त्रहरु हुने गरेको भन्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्डलाई त्यसैको सिलसिलाका रुपमा व्याख्या गरे ।

ओलीले भने, ‘मदन-आश्रित हत्याकाण्ड, दरबार हत्याकाण्ड जस्ता ठूला षड्यन्त्रको रहस्य पत्ता लाग्न समय लाग्छ । तर, पत्ता लाग्छ ।’ नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगा दुर्घटनामा परी निधन भएको थियो ।

पोखराबाट गाडीमा चितवनतर्फ जाँदै गर्दा भण्डारी र आश्रित चढेको गाडी त्रिशूली नदीमा खसेको थियो । आफ्ना नेताहरुको निधन दुर्घटनाबाट नभई षडयन्त्रबाट गरिएको भन्दै त्यसबेला एमालेले आन्दोलन गरेको थियो ।

के अब नेकपा एमालेले दासढुंगा काण्ड र दरबार हत्याकाण्डको फाइल खोल्ला ? कि यो विषय प्रत्येक वर्षको जेठ ३ गते वा जेठ १९ गते भन्ने कुरा मात्रै हो ?

तर, विभिन्न छानविनहरुले सो घटनालाई दुर्घटना मानेपछि एमालेले अहिले २४ वर्ष बित्दासम्म यो प्रकरणबारे कुनै अनुन्धान अघि बढाएको छैन । यसवीचमा सरकार पुग्दा पनि एमालेले दासढुंगा काण्डबारे बोलेको थिएन । तर, एमाले अध्यक्ष ओलीले बुधबार दासढुंगा काण्डलाई पुनः ठूला शक्तिले गराएको षड्यन्त्रमूलक हत्याकाण्डको संज्ञा दिँदै यसको रहस्य पत्ता लगाउने उदघोष गरेका हुन् ।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...