शंखरापुर नगरपालिकाको मेयरमा एमालेका सुवर्ण श्रेष्ठ विजयी
![Icon Icon](https://aarthikplus.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
Wednesday May 17, 2017
वि.सं.२०७४ जेठ ३ बुधवार १७:०३
![image image](https://aarthikplus.com/wp-content/uploads/2017/05/cpnuml_election_symbol.jpg)
३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका सहित ११ नगरपालिकाहरुमध्ये शंखरापुर नगरपालिकाबाट एमालेले आफ्नो बिजय शुरु गरेको छ । स्थानीय चुनावको नतिजा निकाल्न पनि शंखरापुर पहिलो बनेको छ ।
शंखरापुर नगरपालिकाको मेयरमा एमालेका सुवर्ण श्रेष्ठ ४८३३ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर तिवारीले २९५० मत प्राप्त गरेका छन् । माओवादीका कृष्णराज सुवेदीले २४३७ मत प्राप्त गरि तेस्रो स्थानमा रहे । त्यस्तै उपमेयरमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ ४५०१ मत प्राप्त गरी विजयी भएकी छन् ।