CG Electronics
IME Life
NIMB

लोक गीत भन्दा आधुनिक गीत गाउँदा बढी आनन्द आउँछ- मानबहादुर कुलुङ

NIMB
Himalayan Bank

विश्वकै सर्वोच्च शिखर सगरमाथा पर्यटकीय स्थलहरु, धार्मिक स्थलहरु, विविध प्रकारका मौलिक कला, संस्कृति, भाषा, भौगोलिक बनावट आदिका कारण यस क्षेत्र अत्यन्तै सुन्दर छ । मेरो देश नेपाल हो भन्दा कमैले चिन्लान् । तर माउन्ट एभरेष्टको देशभन्दा प्राय सबैले चिन्छन् ।

त्यही माउन्ट एभरेष्ट रहेको ठाउँ सोलुखुम्बु छेस्काम ६ हाल महाकुलुङ गाउँपालिकामा वि.स. २०५० फागुन २५ गते माता चन्द्र मणि राई र पिता रामबहादुर राईका सुपुत्र गायक मानबहादुर कुलुङ जेहेन्दार र परिश्रमी हुन् । २०६८ सालमा तत्कालीन एसएलसी हालको एसएईई दिए पश्चात उच्च शिक्षा हासिल गर्ने अभिलाषा लिएर राजधानी काठमाडौ आएपछि उहाँ सांगितिक क्षेत्रमा प्रवेश गर्नुभयो । प्रस्तुत छ उनै मानबहादुर कुलुङ्सँग  पत्रकार केशर विश्वकर्मा गरेको  कुराकानी:


 

१. तपाई सागितिक क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ?
जब म २०६८ सालमा एसएलसी दिएर उच्च शिक्षा हासिल गर्न काठमाडौ आए । त्यसपछाडि यस क्षेत्रमा प्रवेश गरेको हुँ ।
२. यस क्षेत्रमा प्रवेश गर्न को बाट प्रेरणा पाउनु भयो ?
म सानै हुँदादेखि नै संगीतलाई माया गर्थे । यस क्षेत्रलाई नै भविष्यमा अगाडि बढाउछु भन्ने लागेको थियो । त्यसैले एसएलसी दिएपछि गाउँबाट काठमाण्डौ आए । अझ यो क्षेत्रलाई अघि बढाउनको लागि मेरा आदरणीय दाजु राजकुमार राईले धेरै कलाकारहरुसँग चिनाउनु भयो । त्यसपछि मेरो आत्मबल बढ्यो र यस क्षेत्र प्रतिको प्रेरणा झन् थपियो ।


३. तपाई सांगितिक क्षेत्रमा हुनुहुन्छ, गाउने मात्र गर्नुहुन्छ कि शब्द सिर्जना मात्रै हो कि संगीत सिर्जना पनि गर्नुहुन्छ ?
म गीत गाउने र शब्द सिर्जना गर्छु तर संगीत सिर्जना अहिलेसम्म गरेको छैन । रियाज गरिरहेको छु । अब भोलिका दिनमा हेर्नुपर्छ ।
४. तपाई कस्ता गीत बढी गाउनुहुन्छ ?
मलाई मनपर्ने चाहिँ आधुनिक गीत हो तर लोकगीत पनि उत्तिकै मनपर्छ । अहिलेसम्म ५ वटा गीत गाएँ । जसमध्ये २ वटा पुर्वेली लोकगीत र ३ वटा आधुनिक गीत गाएको छु । मलाई लोक गीत गाउदा भन्दा आधुनिक गीत गाउँदा बढी आनन्द आउँछ । लोकगीत भन्दा आधुनिक गीत गाउँन गाह्रो हुन्छ । तैपनि मलाई आधुनिक गीत मनपर्छ ।


५. पछिल्लो समय लोक गीत संगीतमा विकृति आएको छ भन्छन् नि ?
केही मात्रामा गीतसंगीतमा विकृति ल्याइएको छ । विकृति आफैँ आउने होइन, सम्बन्धित क्षेत्रका व्यक्ति र संघसंस्थाको वेवास्ताका कारण विकृति भित्र्एिको पाईन्छ । विशेषगरी शब्द सिर्जना गर्ने र गाउने दुवै पक्षको महत्वपुर्ण भुमिका रहन्छ । किनभने शब्द सिर्जना गर्नेले पनि कस्तो शब्द राख्दा उपयुक्त हुन्छ, कस्तो शब्द हाम्रो समाजलाई पाच्य हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यस्तै गाउने व्यक्तिले पनि शब्द लय कस्तो छ । आफुले कस्तो गीत गाउने हो, गीतले के सन्देश दिन्छ ती सम्पुर्ण पक्षको राम्रो विचार गरेर मात्रै गाउनु पर्छ । यदि त्यसो भयो भने गीत संगीतमा आएका विकृतिहरु हटाउन सकिन्छ । कुनै गीत संगीतहरुका भिडियोहरु परिवारसँग बसेर हेर्न सुन्न हेर्न नसक्ने खालका हुन्छन् ती कुरालाई विचार गरेर अगाडि बढ्दा राम्रो हुन्छ । यस्ता विषयलाई राज्यले पनि नियाल्नु पर्छ ।

 
६. तपाईको गीतसंगीतमा पाउने विषेशताहरु के के हुन् ?
मेरा गीत संगीतमा मौलिकता झल्किने खालका शब्द पाइन्छ । जस्तो गाउँघरका विषय, जन्मभुमि, डाडाकाडा आदिलाई सम्टेर रचना गरिएका गीतहरु गाएको छु । त्यसैले मेरा गीतका विशेषता यिनै हुन् ।

 

७. यस क्षेत्रबाट रोजीरोटी चलाउन सकिन्छ ?

रोजीरोटीको कुरा बारेमा भन्दा जुनसुकै क्षेत्रमा पनि निरन्तरताको आवश्यकता पर्छ । म यही क्षेत्रमा अगाडि बढ्छु भनेर दृढ संकल्प गर्नुपर्छ । त्यसो भयो भने कुनै पनि क्षेत्रमा रहेर कार्य गर्दा सफलता पाउन सकिन्छ । त्यसैले गर्दा, म पनि यस क्षेत्रमा निरन्तर छु । अहिलेसम्म रोजीरोटी चलेकै छ र चलाउन पनि सकिन्छ । आजको भोलि नै प्रतिफल खोजेमा खासै यस क्षेत्रमा आम्दानी हुदैन । त्यसैले निरन्तरता र धैर्यताको आवश्यकता पर्छ ।

 

८. तपाईजस्तै गायक बन्न चाहाने व्यक्तिलाई के भन्नुहुन्छ ?

गीतसंगीत के हो आफु कुन क्षेत्रको कलाकार बन्न चाहेको हो, जस्तो पप, आधुनिक, लोक आदिको बारेमा स्पष्ट हुनुपर्छ । त्यसपछि सम्बन्धित क्षेत्रको राम्रोसँग ज्ञान हासिल गर्नुपर्छ, इच्छा शक्ति हुनुपर्छ । त्यतिमात्र भएर पनि हुँदैन सिक्नुपर्छ । त्यसपछि यस क्षेत्रमा आउनुहोस् सफलता मिल्छ । म यस क्षेत्रबाट सन्तुष्ट छु । किनकी गीत संगीत अत्यन्तै मनपर्छ र विगत ५–६ वर्ष देखि निरन्तर लागिरहेको छु ।

 

९. अन्त्यमा के भन्नुहुन्छ ?

मलाई यस क्षेत्रमा आइरहँदा निरन्तरता दिनको लागि जस्तोसुकै समस्यालाई पनि समाधान गर्न हरपल हरक्षण साथसहयोग र हौसला दिने मेरो आत्मीय भाई सन्दिप कलुङ्गलाई आर्शीवाद साथै धन्यावाद दिन्छु । त्यस्तै भविष्यमा कस्ता गीत, संगीत बजारमा ल्याउँदा राम्रो हुन्छ भनेर सल्लाह सुझाव र प्रतिक्रिया दिने आम दर्शक श्रोता सबैलाई आधार प्रकट गर्दै सल्लाह सुझावको अपेक्षा राख्दछु र अन्त्यमा यस छलफल पत्रिका मार्फत यी मेरा गीतसंगीत सम्बन्धी केही विचार राख्ने मौका दिनुभयो त्यसको लागि यहाँ लगायत छलफल परिवारलाई धन्यावाद दिन्छु ।

 

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...