CG Electronics
IME Life
NIMB

वेबोले पछि पार्यो टि्वटरलाई

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सोसल मिडिया साइट टि्वटरलाई चिनिया माइक्रो ब्लगिङ साइट वेबोले समेत पछि पारेको छ । प्रयोगकर्ताको संख्याको हिसाबले टि्वटर चीनको सिना वेबोभन्दा पछि परेको हो । वेबोको चालु वर्षको पहिलो त्रैमासिकको रिपोर्ट अनुसार अहिले उसका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ३४ करोड रहेका छन् । पछिल्लो एक वर्षमा वेबोका प्रयोगकर्ताको संख्यामा ३० प्रतिशतले बढोत्तरी भएको पाइएको छ ।

रिपोर्ट अनुसार हरेक दिन १५ करोड ४० लाखले वेबो चलाउने गरेका छन् र त्यसमध्ये ९१ प्रतिशतले मोबाइल फोनमा वेबो चलाउँछन् । उता चीनमा प्रतिबन्धित टि्वटरका भने विश्वभर गरी ३२ करोड ८० लाख मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् ।

वेबोका प्रमुख कार्यकारी गाओफेइ वांगले वेबोलाई चीनमा सर्वोत्कृष्ट सोसल मिडिया बनाउने आफुहरुको अथक प्रयास सार्थक भएको बताएका छन् । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा ७३ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता रहेका छन् । ती मध्ये ९० प्रतिशतले मोबाइलमा इन्टरनेट चलाउने गरेका छन् ।

वेबो चीनमा सबैभन्दा लोकपि्रय माइक्रो ब्लगिङ साइट हो र चीनमा प्रमुख मिडियाहरुको वेबो अकाउन्टमा दशौँ लाख फलोअर्स हुने गरेका छन् । गत वर्षमात्र वेबोले आफ्नै भिडियो स्टि्रमिङ एप इझिबो ल्याएको थियो । पछिल्ला वर्षहरुमा मोबाइल मेसेन्जर एप वि च्याटले चीनमा सिना वेबोलाई चुनौति दिइरहेको छ ।

वेबोमा चर्चित इ कमर्श कम्पनी अलिबाबाको ३१.४ प्रतिशत शेयर रहेको छ । सन् २०१४ मा वेबोमा अनलाइन पेमेन्ट प्रणाली वेबो पेमेन्ट सुरु गर्नका लागि अलिबाबाले ठूलो लगानी गरेको थियो । स्मरण रहोस् चीनमा टि्वटर, फेसबुक, गुगल तथा यु ट्युब लगायतका साइट प्रतिबन्धित छन् । बीबीसी

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...