Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

भरतपुरको मतपरिणाममा गोलमाल गरेको भेटेए पछि कडाई

 

५ जेठ, भरतपुर-  सम्पूर्ण नेपालीहरुको ध्यान खिचेको भरतपुरको मतपरिणाममा दलका प्रतिनिधिहरुले नै गोलमाल गरेको भेटेपछि कडाइ गरिएको छ । मत परिणामको तथ्यांक तलमाथि परेपछि गणनास्थलमा केही समस्या देखिएकोले अहिले छलफल चलिरहेको छ । दलका प्रतिनिधिहरुले आफूखुसी मतपरिणाम संचारमाध्यमलाई टिपाउन थालेपछि भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत बबीप्रसाद न्यौपानेले कडाइ गरेका छन् । यसअघि माओवादी उम्मेदवार रेणु दाहालले अग्रता लिएको कुरा बाहिर आएको थियो । तर, मतपरिणाम जोड्दै जाँदा एमालेकै देवी ज्ञवाली अगाडि देखिएका थिए ।

मतपरिणाम सार्वजनिक गर्दा तलमाथि हुन थालेपछि मुख्य निर्वाचन अधिकृत न्यौपानेले निकै ढिलो गरी जानकारी दिने गरेका छन् । दलका प्रतिनिधिहरुलाई पनि जथाभाबी खबर सार्वजनिक नगर्न ध्यानाकर्षण गराएका छन् । बरु ढिलो होस्, म आधिकारिक भएपछि मात्र सार्वजनिक गर्छु उनले दलका प्रतिनिधिहरुलाई भनेका छन् ।

भरतपुर महनगरपालिकामा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ । ज्ञवालीले १२३०६ मत पाएका छन् भने माओवादी केन्द्रकी दाहालले ११७७७ मत पाएकी छिन् । भरतपुरको मतपरिणामप्रति यतिबेला सबैको ध्यान खिचेको छ ।
साभार समाचार: दैनिक नेपाल डट कम

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...