CG Electronics
IME Life
NIMB

भरतपुरको मतपरिणाममा गोलमाल गरेको भेटेए पछि कडाई

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

५ जेठ, भरतपुर-  सम्पूर्ण नेपालीहरुको ध्यान खिचेको भरतपुरको मतपरिणाममा दलका प्रतिनिधिहरुले नै गोलमाल गरेको भेटेपछि कडाइ गरिएको छ । मत परिणामको तथ्यांक तलमाथि परेपछि गणनास्थलमा केही समस्या देखिएकोले अहिले छलफल चलिरहेको छ । दलका प्रतिनिधिहरुले आफूखुसी मतपरिणाम संचारमाध्यमलाई टिपाउन थालेपछि भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत बबीप्रसाद न्यौपानेले कडाइ गरेका छन् । यसअघि माओवादी उम्मेदवार रेणु दाहालले अग्रता लिएको कुरा बाहिर आएको थियो । तर, मतपरिणाम जोड्दै जाँदा एमालेकै देवी ज्ञवाली अगाडि देखिएका थिए ।

मतपरिणाम सार्वजनिक गर्दा तलमाथि हुन थालेपछि मुख्य निर्वाचन अधिकृत न्यौपानेले निकै ढिलो गरी जानकारी दिने गरेका छन् । दलका प्रतिनिधिहरुलाई पनि जथाभाबी खबर सार्वजनिक नगर्न ध्यानाकर्षण गराएका छन् । बरु ढिलो होस्, म आधिकारिक भएपछि मात्र सार्वजनिक गर्छु उनले दलका प्रतिनिधिहरुलाई भनेका छन् ।

भरतपुर महनगरपालिकामा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ । ज्ञवालीले १२३०६ मत पाएका छन् भने माओवादी केन्द्रकी दाहालले ११७७७ मत पाएकी छिन् । भरतपुरको मतपरिणामप्रति यतिबेला सबैको ध्यान खिचेको छ ।
साभार समाचार: दैनिक नेपाल डट कम

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...