भरतपुरमा महतो माथि गोलि प्रहार

Friday May 19, 2017
वि.सं.२०७४ जेठ ५ शुक्रवार ०८:२४

५ जेठ, चितवन- भरतपुर महानगरपालिकाको शुक्रनगरमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार, शुक्रनगरका गंगाराम महतोमाथि गोली प्रहार भएको हो ।
लुटेरा समूहले गंगारामलाई गोली हान्नुका साथै उनकी आमा आशा साहुनी महतो, बहिनी रामकुमारी महतोको टाउकोमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
महतोको घरबाट एक लाख ५० हजार नगद, दुई थान सिक्री, एक थान औंठी, एक थान बाला, एक थान मङ्गलसुत्र र चारवटा मोबाइल लुटपाट भएको प्रहरीले जनाएको छ ।