Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

खाद्यान्न मा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था

kumari  bank

५ जेठ, मोरङ-  सरकारले १० वर्षभित्रमा मुलुकलाई धान, चामल, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था गरेको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत सो अनुदान रकम किसानलाई वितरण गर्न लागिएको हो । मोरङका किसानले साना सिँचाइ योजनाअन्तर्गत रु एक करोड २२ लाख, पकेट ब्लकअन्तर्गत रु एक करोड ६५ लाख र चैतेधान कार्यक्रमअन्तर्गत रु ५० लाख बराबरको अनुदानको व्यवस्था गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार चैतेधान कार्यक्रमअन्तर्गत किसानलाई रु ५० लाखभन्दा बढी रकम अनुदान दिन लागेको बताउनुभयो । एक हजार हेक्टरमा लगाएको चैतेधानका किसानलाई प्रतिहेक्टर रु पाँच हजारका दरले अनुदान दिने उहाँले बताउनुभयो ।

बर्खे धानका लागि विभिन्न जातका धानका बीउ अनुदानमा वितरण भइरहेको यादवको भनाइ छ । जिल्लामा ८०० हेक्टर जग्गामा लगाइने बर्खे धानका लागि ४० मेट्रिक टन बीउ किसानलाई ५० प्रतिशत अनुदानका रुपमा वितरणको तयारी कार्यालयले गरेको छ । जहदा गाउँपालिका र कटहरी गाउँपालिकामा तरकारी ब्लक र इटहरा सिजुवामा धानको ब्लक सञ्चालन भइरहेको छ ।

ब्लक सञ्चालक समितिले गरेको सिफारिसका आधारमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान रकम पाउने प्रावधान छ । दुवै ब्लकका लागि सरकारले रु एक करोड २२ लाख अनुदान उपलब्ध गराएको छ । जिल्लाम ६५ वटा पकेट क्षेत्र कार्यक्रम सञ्चालन भइरहेको छ । यसका लागि रु एक करोड ६५ लाख अनुदान उपलब्ध गराएको छ । रासस

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...