CG Electronics
IME Life
Ncell NPL

खाद्यान्न मा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

५ जेठ, मोरङ-  सरकारले १० वर्षभित्रमा मुलुकलाई धान, चामल, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था गरेको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत सो अनुदान रकम किसानलाई वितरण गर्न लागिएको हो । मोरङका किसानले साना सिँचाइ योजनाअन्तर्गत रु एक करोड २२ लाख, पकेट ब्लकअन्तर्गत रु एक करोड ६५ लाख र चैतेधान कार्यक्रमअन्तर्गत रु ५० लाख बराबरको अनुदानको व्यवस्था गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार चैतेधान कार्यक्रमअन्तर्गत किसानलाई रु ५० लाखभन्दा बढी रकम अनुदान दिन लागेको बताउनुभयो । एक हजार हेक्टरमा लगाएको चैतेधानका किसानलाई प्रतिहेक्टर रु पाँच हजारका दरले अनुदान दिने उहाँले बताउनुभयो ।

बर्खे धानका लागि विभिन्न जातका धानका बीउ अनुदानमा वितरण भइरहेको यादवको भनाइ छ । जिल्लामा ८०० हेक्टर जग्गामा लगाइने बर्खे धानका लागि ४० मेट्रिक टन बीउ किसानलाई ५० प्रतिशत अनुदानका रुपमा वितरणको तयारी कार्यालयले गरेको छ । जहदा गाउँपालिका र कटहरी गाउँपालिकामा तरकारी ब्लक र इटहरा सिजुवामा धानको ब्लक सञ्चालन भइरहेको छ ।

ब्लक सञ्चालक समितिले गरेको सिफारिसका आधारमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान रकम पाउने प्रावधान छ । दुवै ब्लकका लागि सरकारले रु एक करोड २२ लाख अनुदान उपलब्ध गराएको छ । जिल्लाम ६५ वटा पकेट क्षेत्र कार्यक्रम सञ्चालन भइरहेको छ । यसका लागि रु एक करोड ६५ लाख अनुदान उपलब्ध गराएको छ । रासस

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...