CG Electronics
IME Life
NIMB

२८ स्थानमा मतपरिणाम आउन बाँकि, यस्तो छ अहिलेसम्म को अवस्था

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

६ जेठ काठमाडौं- शनिबार बिहानसम्म २८४ मध्ये २५५ स्थानको नतिजा आइसकेको छ भने अब २८ स्थानमा मात्रै स्थानीय जनप्रतिनिधिहरु चुनिन बाँकी छ । देशका चारवटै महानगरपालिका काठमाडौं, ललितपुर, पोखरा र भरतपुरको नतिजा आउन बाँकी छ । एमालेले काठमाडौं, भरतपुर र पोखरामा अग्रता लिइरहेको छ । काठमाडौंमा ठूलो मतान्तरले एमाले अगाडि छ भने अन्य तीनवटामा तीव्र प्रतिस्पर्धा भइहरेको छ ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले एमालेलाई पछि पारिरहेको छ । पहिलो चरणमा परेको एकमात्र उपमहानगरपालिका हेटौडामा पनि मतगणना जारी छ । हेटौंडामा पनि एमालेले नै अग्रता लिइरहेको छ ।

नगरपालिकातर्फ नतिजा आउन बाँकी रहेका ठाउँहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, काभ्रेको नमोबुद्ध र धुलीखेल नगरपालिका छन् ।

वीरेन्द्रनगरमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने काभ्रेको बनेपामा एमालेले अग्रता लिइरहेको छ । काठमाडौं जिल्ला अन्तरगतका १० नगरपालिकामध्ये ६ वटाको नतिजा आइसकेको छ भने ४ वटाको मतगणना जारी छ । मतगणना जारी रहेका मध्ये कागेश्वरी र चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने बूढानीलकण्ठ र तार्केश्वरमा एमालेले अग्रता लिएको छ ।

परिणाम आइसकेका काठमाडौंका ६ वटा नगरपालिकामध्ये नागार्जुन, दक्षिणकाली र गोकर्णेश्वरमा कांग्रेसले जितेको छ भने टोखा, शंखरापुर र कीर्तिपुर एमालेले जितेको छ ।

भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको परिणाम आएको छैन । यी तीनवटै नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । भक्तपुर नगरपालिकामा भने ५२ वटै सीटमा नेमकिपाका उम्मेदवार विजयी भएका छन् ।

ललितपुर जिल्लाको ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाको परिणाम आउन बाँकी छ । महानगरमा कांग्रेसको अग्रता छ भने महालक्ष्मी नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

चितवन जिल्लाबाट भरतपुर महानगरपालिका, रत्न नगर नगरपालिका र कालिका नगरपालिकाको पनि अहिलेसम्म परिणाम आएको छैन । भरतपुर र रत्ननगरमा एमालेले अग्रता लिइरहेको छ भने कालिकामा जेठ दुई गते मात्रै चुनाव भएकाले मतगणनामा ढिलाइ भएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावतीमा पनि परिणाम आउन बाँकी छ । दोलखाको मेलुङ, कालीकोटका नरहरीनाथ र कालिका गाउँपालिकामा चुनाव स्थगित भएको छ ।

विभिन्न कारणले नतिजा आउन बाँकी रहेका स्थानीय तह (दलकाे नामः अग्रता)
१. काठमाडौं महानगरपालिका- एमाले
२. ललितपुर महानगरपालिका- कांग्रेस
३. भरतपुर महानगरपालिका, चितवन- एमाले
४. पोखरा महानगरपालिका,कास्की- एमाले
५. हेटौंडा उपमहानगरपालिका,मकवानपुर – एमाले
६. वीरेन्द्रनगर नगरपालिका, सुर्खेत – कांग्रेस
७. धुलिखेल नगरपालिका, काभ्रे- एमाले
८. नमोबुद्ध नगरपालिका, काभ्रे – एमाले
९. रत्ननगर नगरपालिका, चितवन – एमाले
१० कालिका नगरपालिका, चितवन- एमाले
११ तार्केश्वर नगरपालिका, कठमाडौं- एमाले
१२. बूढानीलकण्ठ नगरपालिका, काठमाडौं- एमाले
१३. चन्द्रागिरी नगरपालिका, काठमाडौं- कांग्रेस
१४. कागेश्वरी-मनहरा नगरपालिका, काठमाडौं-कांग्रस
१५. शारदा नगरपालिका, सल्यान- कांग्रेस
१६.इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक- कांग्रेस
१५. नरहरीनाथ गाउँपालिका, कालीकोट- स्थगित
१६. कालिका गाउँपाकिला कालीकोट- स्थगित
१७. मेलुङ गाउँपालिका, दोलखा- स्थगित
१८. खैरहनी नगरपालिका,चितवन-एमाले
१९. राप्ती नगरपालिका चितवन-एमाले
२०. महालक्ष्मी नगरपालिका, ललितपुर
२१ चाँगुनारायण नगरपालिका, भक्तपुर-एमाले
२२. मध्यपुर थिमी नगरपालिका, भक्तपुर-एमाले
२३. सूर्यविनायक नगरपालिका-एमाले
२४. बेलकोटगढी गाउँपालिका नुवाकोट-एमाले
२५. सोरा गाउँपालिका, मुगु
२६.खार्पुनाथ गाउँपालिका,हुम्ला

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...