IME Life
NIMB

पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान

NIMB
Himalayan Bank

 ५ जेठ, काठमाडौँ- उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताएका छन् ।

उद्योग मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पेट्रोलियम पदार्थ अन्वेषणका लागि धनगढीदेखि विराटनगरसम्म १० वटा ब्लकको पहिचान भएको बतए ।

ती सबै ब्लकमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ग्लोबल टेन्डर आह्वान गर्ने तयारी भइरहेको मन्त्री जोशीले बताए । उनले पैसावालाभन्दा पनि प्राविधिक रुपमा सक्षम निजी क्षेत्रलाई यो काम दिइने बताएका छन् ।

राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान हुने बताउँदै मन्त्री जोशीले रसुवाको जस्ता र सिसा खानी उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि जानकारी दिए ।

कुनै पनि उद्योगले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सरकारले उद्योगको प्रकृति, लगानी र रोजगारीको स्थिति हेरी लगानी गर्ने उनले बताए ।

छाला जुत्ताका व्यवसायीले उद्योग स्थापनाका लागि पहल गरिरहेको बताउँदै मन्त्री जोशीले उक्त क्षेत्रमा लगानी गर्न अर्थमन्त्रालयसँग छलफल भइरहेको समेत जानकारी दिए ।

नवलपरासीको धौवादी क्षेत्रमा रहेको फलामखानी उद्योग सञ्चालन गर्ने कार्य अगाडि बढाउने तयारी भइरहेको पनि मन्त्री जोशीले जानकारी दिए । उनले गणेश, हिमालजस्ता सिसा परियोजना उद्योग सञ्चालनमा ल्याउन छलफल भइरहेको पनि बताए ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...