Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान

 ५ जेठ, काठमाडौँ- उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताएका छन् ।

उद्योग मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पेट्रोलियम पदार्थ अन्वेषणका लागि धनगढीदेखि विराटनगरसम्म १० वटा ब्लकको पहिचान भएको बतए ।

ती सबै ब्लकमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ग्लोबल टेन्डर आह्वान गर्ने तयारी भइरहेको मन्त्री जोशीले बताए । उनले पैसावालाभन्दा पनि प्राविधिक रुपमा सक्षम निजी क्षेत्रलाई यो काम दिइने बताएका छन् ।

राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान हुने बताउँदै मन्त्री जोशीले रसुवाको जस्ता र सिसा खानी उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि जानकारी दिए ।

कुनै पनि उद्योगले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सरकारले उद्योगको प्रकृति, लगानी र रोजगारीको स्थिति हेरी लगानी गर्ने उनले बताए ।

छाला जुत्ताका व्यवसायीले उद्योग स्थापनाका लागि पहल गरिरहेको बताउँदै मन्त्री जोशीले उक्त क्षेत्रमा लगानी गर्न अर्थमन्त्रालयसँग छलफल भइरहेको समेत जानकारी दिए ।

नवलपरासीको धौवादी क्षेत्रमा रहेको फलामखानी उद्योग सञ्चालन गर्ने कार्य अगाडि बढाउने तयारी भइरहेको पनि मन्त्री जोशीले जानकारी दिए । उनले गणेश, हिमालजस्ता सिसा परियोजना उद्योग सञ्चालनमा ल्याउन छलफल भइरहेको पनि बताए ।

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा...

वि.सं.२०८२ असार ३१ मंगलवार १०:२२

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन...

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरे, रूस विरुद्ध कर लगाउने धम्की दिए

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा...

वि.सं.२०८२ असार ३१ मंगलवार १०:१४

  काठमााडौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर...

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

साउन १ देखि सबै सार्वजनिक भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत

साउन १ देखि सबै सार्वजनिक भुक्तानी अनिवार्य...

वि.सं.२०८२ असार २९ आइतवार २०:१९

  काठमाडौं । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट...

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, शिक्षा क्षेत्रमा योगदान पु¥याउने संस्था र व्यक्तित्वहरू सम्मानित

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, शिक्षा...

वि.सं.२०८२ असार २९ आइतवार १५:२१

    काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको...