CG Electronics
Ncell NPL
NIMB

काठमाडौँ-निजगढ फास्ट ट्रयाक जेठ १४ मा शिलान्यास गरिदै

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

५ जेठ, काठमाडौँ- सरकारले नेपाली सेनालाई निर्णमाको जिम्मा दिएसँगै तराई जोड्ने बहुचर्चित काठमाडौँ-निजगढ फास्ट ट्रयाक निर्माणप्रक्रिया फेरि अघि बढ्ने भएको छ ।

भारतलाई निर्माणको जिम्मा दिन लागिएको भन्दै चर्को विरोध भएपछि पुष्पकम दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले आफैँले बनाउने निर्णय गरेको थियो । सरकारले केही दिनअघि नेपाली सेनालाई यो मार्गको निर्माणको जिम्मा दिएको थियो ।

नेपाली सेनालाई निर्माणको जिम्मा दिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ-निजगढ फास्ट ट्रयाकको जेठ १४ मा शिलान्यास गर्ने भएका छन् ।

काठमाडौँ उपत्यकामा प्रवेश गर्ने बैकल्पिक अन्य मार्गको विकासमा अवरोध नहुने गरी यो आयोजना अगाडि बढाइने भएको छ । जम्मा ७६ किलोमिटर लामो द्रुत मार्गको लागत एक खर्ब १२ अर्ब लाग्नेछ । नेपाली सेनाले यसअघि नै आयोजनाको ट्र्याक खोलिसकेको छ ।

आयोजनामा सडकका लागि मात्रै ३४ अर्ब बजेट लाग्ने भएको छ । त्यसैगरी पुल निर्माण गर्न ३६ अर्ब र सुरुङमार्ग बनाउन सात अर्ब रुपैयाँ खर्च हुनेछ ।

त्यसैगरि कटिङ तथा ड्रेन बनाउन १७ अर्ब, विद्युतीकरणका लागि ६७ करोड, टोड फर्निचरका लागि २२ करोड र सूचना केन्द्र बनाउन ५८ करोड बजेट अनुमानित गरिएको छ । फास्ट ट्रयाकका लागि इन्टरसेक्सन एक अर्ब १८ करोड, अन्य केही शीर्षक रु १३ अर्ब मूल्य अभिवृद्धि कर गरी कुल एक खर्ब १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

आयोजनामा करिब चार किलोमिटर सुरुङ मार्ग बन्नेछ भने पूर्ण रुपमा चार लेन हुनेछ । सर्भिस ट्र्याक दुवैतर्फ राख्दा सडक छ लेनको हुनेछ । द्रुतमार्गमा साइकल लेनको समेत छुट्टै व्यवस्था गरिने जनाएको छ ।

सन् १९९३ मा डेनमार्कको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डानिडा) ले यो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । सेनाले सन् २०१२ को अन्त्यतिर ट्र्याक निर्माण सम्पन्न भएको भन्दै सरकारलाई हस्तान्तरण पनि गरिसकेको छ । तर यो सडक निर्माणको जिम्मा फेरि सेनाकै काँधमा आएको हो ।

उत्तरदक्षिण कोरिडोरदेखि विभिन्न सडक आयोजना निर्माण गरेको अनुभव नेपाली सेनासँग छ । सेनाले आयोजनाका लागि विदेशी निकायसँग पनि आवश्यक सरसल्लाह एवम् सहयोग लिन सक्ने प्रावधान राखिएको छ । सेनाले ट्र्याक खोल्ने कार्य पहिल्यै सम्पन्न भएको र घर जग्गा अधिकरण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनका आधारमा सरकारले केही दिन पहिले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । आयोजनामा भारतीय लगानी भित्र्याइएको भन्दै वर्तमान सरकार गठनका समयमा प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीताराम महतोले आयोजनाको सबै काम र आवश्यक तयारी गर्न सरकारले सेनालाई जिम्मा दिएको जानकारी दिए । “प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयले आवश्यक तयारी गरेको हुन सक्छ”, उनले भने, ”तर पछिल्लो दिनमा मन्त्रिपरिषद्ले सबै जिम्मा सेनालाई नै दिएको छ ।”

आयोजनालाई नेपाली लगानीअन्तर्गत नै निर्माण गर्ने गरी अघि बढाउने, स्वदेशी सीप र प्रविधिलाई नै अगाडि बढाउन लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । शिलान्याससँगै नेपाली सेनाले सो आयोजनाको निर्माणको नेतृत्व लिनेछ ।

पाँच वर्षभित्र आयोजना सम्पन्न हुने गरी वार्षिक कार्ययोजना मै सेनाले निर्माण गर्नेछ । सेनालाई सहयोगका लागि भौतिक पूर्वाधार, अर्थ मन्त्रालयका प्रतिनिधि सदस्यका रुपमा रहनेछन् । प्रधानसेनापतिले तोकेको जर्नेलको संयोजकत्वमा समिति गठन भइसकेको छ ।

यस्तै सो समितिलाई आवश्यक सुझाव दिन र आवश्यक निर्देशनका लागि प्रधानमन्त्रीको नेतृत्वमा नै अर्को उच्चस्तरीय समिति गठन भएको छ । सरकारले भारतीय कम्पनी आइएलएस एन्ड एफएसलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने जिम्मा १६ मार्च २०१५ मा दिएको थियो भने २४ जुन २०१५ मा सो कम्पनीले डिपिआर पेस गरेको थियो । जुलाई १२, २०१५ मा सो डिपिआर स्वीकृत भएको थियो ।

शिलान्याससँगै निर्माणले गति लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सो आयोजनाको शिलान्यास गर्ने तयारी गरेपछि आयोजनाले गति लिन लागेको हो । प्रधानमन्त्रीले बहुचर्चित र बहुप्रतिक्षित तराई मधेसलाई काठमाडौँ जोड्ने उक्त आयोजनाको शिलान्यास गर्ने र प्रक्रिया अगाडि बढाउने लक्ष्यका साथ आवश्यक तयारी गर्न सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन् ।

उनले आफू प्रधानमन्त्री भएकै बेला नै द्रुतमार्ग नेपाली लगानीमा अगाडि बढाउने र आफैले शिलान्यास गर्ने बताउँदै आएका थिए । प्रधानमन्त्री कार्यालयकाअनुसार प्रधानमन्त्रीले यही जेठ १४ गते सो आयोजनाको शिलान्यास गर्ने तयारी गरेका छन् ।

 

 

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस आजको राशिफल

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०७

काठमाडौं। आजको राशिफलः बि.सं २०८२ साउन १० गते शनिवार, ई.सं...

भायानेटको स्वतन्त्र संचालकमा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी व्यक्तित्व परशुराम कुँवर क्षेत्री नियुक्त

भायानेटको स्वतन्त्र संचालकमा वित्तीय क्षेत्रका कुशल तथा...

वि.सं.२०८२ साउन ९ शुक्रवार ०९:१३

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन...