IME Life
NIMB

राफेल नाडालको अपराजित १६औँ खेलमाथि पूर्णविराम

NIMB
Himalayan Bank

एजेन्सी, रोम- इटालियन ओपनमा अस्ट्रेलियन खेलाडी डोमिनिकले पूर्व एक नम्बर खेलाडी राफेल नाडालको अपराजित १६औँ खेलमाथि
पूर्णविराम लगाए

स्पेनिस नम्बर एक खेलाडी राफेल नाडालको लगातार १६ खेलको अपराजित यात्रा समाप्त भएको छ । इटालियन ओपनअन्तर्गत क्वार्टरफाइनलमा नाडाल अस्ट्रेलियन खेलाडी डोमिनिक थिएमबाट ६–४ र ६–३ को सीधा सेटमा स्तब्ध भएका हुन् । यसअघि नाडालले लगातार क्ले कोर्टमा तीन उपाधि जितेका छन् । नाडालले बार्सिलोना तथा म्याड्रिड ओपनमा डोमिनिकलाई पाखा लगाएका थिए ।

म्याड्रिड ओपनको बदला पूरा
दुई साताअघि म्याड्रिड ओपनको फाइनलमा नाडाल र डोमिनिकबीच प्रतिस्पर्धा भएको थियो । अस्ट्रेलियन डोमिनिकले फाइनलमा नाडाललाई चुनौती दिएका थिए । तर क्ले कोर्टकै दिग्गज खेलाडी नाडालले आफ्नो अनुभव प्रयोग गर्दै डोमिनिकलाई ७–६ र ६–४ ले पाखा लगाउँदै सिजनकै तेस्रो उपाधि हात पारेका थिए । इटालियन ओपनमा नाडाल डोमिनिकभन्दा कमजोर देखिए । ३० वर्षीय नाडालमाथि डोमिनिकले एकपछि अर्को उत्कृष्ट सट प्रहार गर्दै दबाबमा राखे । डोमिनिकले म्याड्रिड ओपनमा व्यहोरेको हारको बदला पूरा भएको बताएका छन् । ‘म्याड्रिड ओपनमा सामना गरेको हारको बदला पूरा भएको छ,’ डोमिनिकले भने, ‘प्रतिस्पर्धामा मैले नाडालको कमजोरीको फाइदा उठाएँ ।’

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...