Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

राफेल नाडालको अपराजित १६औँ खेलमाथि पूर्णविराम

Machhapuchchhre Bank Limited

एजेन्सी, रोम- इटालियन ओपनमा अस्ट्रेलियन खेलाडी डोमिनिकले पूर्व एक नम्बर खेलाडी राफेल नाडालको अपराजित १६औँ खेलमाथि
पूर्णविराम लगाए

स्पेनिस नम्बर एक खेलाडी राफेल नाडालको लगातार १६ खेलको अपराजित यात्रा समाप्त भएको छ । इटालियन ओपनअन्तर्गत क्वार्टरफाइनलमा नाडाल अस्ट्रेलियन खेलाडी डोमिनिक थिएमबाट ६–४ र ६–३ को सीधा सेटमा स्तब्ध भएका हुन् । यसअघि नाडालले लगातार क्ले कोर्टमा तीन उपाधि जितेका छन् । नाडालले बार्सिलोना तथा म्याड्रिड ओपनमा डोमिनिकलाई पाखा लगाएका थिए ।

म्याड्रिड ओपनको बदला पूरा
दुई साताअघि म्याड्रिड ओपनको फाइनलमा नाडाल र डोमिनिकबीच प्रतिस्पर्धा भएको थियो । अस्ट्रेलियन डोमिनिकले फाइनलमा नाडाललाई चुनौती दिएका थिए । तर क्ले कोर्टकै दिग्गज खेलाडी नाडालले आफ्नो अनुभव प्रयोग गर्दै डोमिनिकलाई ७–६ र ६–४ ले पाखा लगाउँदै सिजनकै तेस्रो उपाधि हात पारेका थिए । इटालियन ओपनमा नाडाल डोमिनिकभन्दा कमजोर देखिए । ३० वर्षीय नाडालमाथि डोमिनिकले एकपछि अर्को उत्कृष्ट सट प्रहार गर्दै दबाबमा राखे । डोमिनिकले म्याड्रिड ओपनमा व्यहोरेको हारको बदला पूरा भएको बताएका छन् । ‘म्याड्रिड ओपनमा सामना गरेको हारको बदला पूरा भएको छ,’ डोमिनिकले भने, ‘प्रतिस्पर्धामा मैले नाडालको कमजोरीको फाइदा उठाएँ ।’

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा आज नेपालले लेबनानसँग खेल्दै

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा आज नेपालले लेबनानसँग खेल्दै

वि.सं.२०८१ फागुन ८ बिहीवार ०९:३४

  काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले...

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण शुक्रबादेखि सुरु

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण...

वि.सं.२०८१ पुस २१ आइतवार ०८:०५

  चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ : सचिव घिसिङ

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ...

वि.सं.२०८१ पुस १५ सोमवार २१:१३

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल...

भलिबल फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक

भलिबल फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक

वि.सं.२०८१ पुस ९ मंगलवार १९:०५

काठमाडौं । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो...

जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा गाउँपालिकामा आज सार्वजनिक बिदा

जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा गाउँपालिकामा आज सार्वजनिक...

वि.सं.२०८१ पुस ७ आइतवार ०९:२८

काठमाडौँ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको...