IME Life
NIMB

दक्षिण कोरियाले उत्तर कोरियासँग लचिलो नीति अवलम्बन गर्ने

NIMB
Himalayan Bank

 

९ जेठ, सोल- दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियासँग नागरिक आदानप्रदान गरिनेलगायतका प्रमुख अन्तर कोरियाली मामिलाहरुमा लचिलो नीति अवलम्बन गरिने बताएको छ । साथै यस मन्त्रालय उत्तर कोरियाली नेताहरुसँग वार्ता गर्ने मनस्थितिमा रहेको समेत जनाएको छ ।

नियमित प्रेस भेटघाट कार्यक्रममा एकीकरण मन्त्रालयका प्रवक्ता लि डुक हाएङ्गले बताएअनुसार उत्तर कोरियालीमाथि अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिवन्धको मर्म विपरीत नहुने गरी नागरिक आदानप्रदान, सीमा सुरक्षालगायतका मुद्दाहरुमा प्रमुख लचकतापूर्ण पुनरावलोकन गरिनेछ ।

नवनिर्वाचित वर्तमान राष्ट्रपति मुन जाए इनले एक नवीन आयामको (सन साइन पोलिसी) निति ल्याई उत्तर कोरियाली सम्बन्ध सुधारमा प्रवद्र्धन गर्न खोज्नुभएको समेत जनाइएको छ । यस सनसाइन पोलिसीअन्तर्गत दुई कोरियाबीच लगानी र वाणिज्यमैत्री वातावरणसमेत निर्माण गरिने छ ।

यस प्रकारको अवधारणा भूतपूर्व कोरियाली राष्ट्रपतिहरु रो मु ह्युम र किम हाए जुङ्गले समेत ल्याउनुभएको थियो । तर त्यसबखत मूर्तरुप भने लिन पाएको थिएन राष्ट्रपति मुनभन्दा लगत्तै पहिलेकी राष्ट्रपति पार्क गेउन हाइले राजनीतिक सम्बन्ध जे जस्तो भए तापनि उत्तर कोरियालाई मानवीय सहायता निरन्तर दिइरहनुभएको थियो ।

दक्षिण कोरियाको राष्ट्रपति पदमा उदारवादी दलःडेमोक्र्याटिक पार्टीका प्रमुख नेता मुन जाए इन विजयी हुनुभएलगत्तै उहाँले उत्तर कोरियासँगको सम्बन्धमा देखाउनु भएको नरमपनले आशाको नयाँ किरण देखा परेको थियो ।

दक्षिण कोरियाको संविधान तथा राष्ट्रप्रमुख चयन परिपाटीअनुसार निवार्चित जन प्रतिनिधिले पुनःअन्तिम मतदान (एक्जिट पोल) गर्दा बहूमत प्राप्त उम्मेदवार नै राष्ट्रपति पदमा विजयी हुने प्रावधानअनुसार करिब दुई हप्ता अगाडि मून राष्ट्रपति पदमा निवार्चित हुनु भएको थियो ।

जन्मस्थलका हिसाबले दक्षिण कोरियाको गियोजेमा जन्म लिनु भइ माता–पितासँगै बसाइँ सर्दै हाल उत्तर कोरियापट्टिको भूमिः दक्षिण हाम्गेयोङ्ग प्रान्तमा पुगी त्यहाँ हुर्कँदै, बढ्दै राष्ट्रपति इनले वाल्यकाल बिताउनु भएको थियो । दुई कोरियाको विभाजनपश्चात् उहाँका पिता मुन योङ्ग–ह्युङ्ग उत्तर कोरियाबाट पलायन भई शरणार्थीको रुपमा दक्षिण कोरिया प्रवेश गर्नु भएको थियो ।

आफ्ना पिताजीसँगसँगैै दक्षिण कोरिया आई शिक्षा आर्जनलगायत चरित्र निर्माण गर्नुभएका मून जाए–इनले उच्चतम पदमा निर्वाचित हुनुभएलगत्तै बाल्यकालमा रमाएको भूमिउपर सद्भाव प्रदर्शन गर्ने र स्थिति अनुकूल हुनासाथ अतिशीघ्र नै प्योङ्गयाङ्ग भ्रमणमा गइ बैठक, छलफल र सार्थक वार्ता गर्ने समेत सौहार्द्र संकेत देखाउनु भएको थियो । सिन्ह्वा

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...