Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

रुकुममा यस्ता छन् माओवादी र एमाले उम्मेदवार

kumari  bank

९ जेठ, रुकुम-  आगामी जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यहाँ नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लाका छ स्थानीय तहमा पहिलो चरणमा निर्वाचन भयो भने बाँकी तीनवटा स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुँदैछ ।

दोस्रो चरणमा निर्वाचन हुने सिस्ने, भुमे र पुथाउत्तरगङ्गा गाउँपालिका सबैमा उम्मेदवारको टुङ्गो लगाएको दुवै पार्टीले जानकारी दिएका छन् ।

यी गाउँपालिकामध्ये नेकपा (माओवादी केन्द्र) पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश घर्ती, उपाध्यक्षमा ओमकुमारी शाही मल्ल, भुमे गाउँपालिकाको अध्यक्षमा रामसुर बुढा, उपाध्यक्षमा मञ्जु विष्ट र सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल, उपाध्यक्षमा गोवद्र्धन बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिएका छन् ।

यस्तै, एमालेले पनि सिस्ने गाउँपालिकाको अध्यक्षमा नन्दलाल शर्मालाई, उपाध्यक्षमा नुमेन्द्रा खड्कालाई, भुमे गाउँपालिकाको अध्यक्षमा आशा स्वर्णकार, उपाध्यक्षमा कमानसिङ डाँगी र पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा भिउमान घर्ती र उपाध्यक्षमा सीता घतानलाई टिकट दिने निर्णय गरेको एमाले प्रचार विभाग उपसंयोजक कर्णबहादुर ओलीले जानकारी दिए ।

अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेपछि दलहरु वडा अध्यक्ष र सदस्यको टुङ्गो लगाउने तयारीमा जुटेको बताएका छन् । नेपाली काँग्रेसले भने छलफलमा रहेकाले अबको एक÷दुई दिनमा सबै उम्मेदवारको टुङ्गो लाग्ने बताएको छ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्य सबैको एक साथ टुङ्गो लगाउनु पर्ने भएकाले केही दिन ढिला भएको जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...