‘तारे भीर’ को ट्रेलर रिलिज (भिडियो सहित)

Tuesday May 23, 2017
वि.सं.२०७४ जेठ ९ मंगलवार ०७:०१

९ जेठ, काठमाडौँ- असार २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘तारे भीर’को काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरिएको छ । साथमा, कार्यक्रममा चलचित्रका ३ वटा गीत पनि देखाइएको थियो ।
नेपाली चलचित्रमा नायकहरुले एक्सन गरिरहेको समयमा ‘तारे भीर’मा भने नायिकाको एक्सनलाई दर्शकले हेर्न पाउनेछन् । यो चलचित्रमा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मन्जु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । प्रेम सुब्बाले यो चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् । डीके दिवानको निर्माणमा यो चलचित्र तयार भएको हो ।
कार्यक्रममा निर्देशक सुब्बाले ‘तारे भीर’बाट दर्शकले पूर्ण मनोरञ्जन प्राप्त गर्ने दाबी गरे ।
https://youtu.be/YPMl6zJ15kQ